ताजा अपडेट »

आजदेखि बुटवलमा एभरेष्ट कप भलिबल

शुक्रबार, ०६ माघ २०७९, ०७ : ५६
10 Shares

बुटवल । रुपन्देहीको बुटवलमा आठौं जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्र-छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको विद्यालयले जनाएको छ । प्रतियोगितामा छात्र १९ र छात्रा १० गरि २९ टिमको सहभागिता रहने छन् । शुक्रबारदेखि तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँ, शिल्ड तथा प्रमाणपत्र हात पर्ने छन् । यस्तै उपविजेताले नगद १५ हजार, शिल्ड तथा प्रमाणपत्र हात पर्ने आयोजक विद्यालयले जनाएको छ । यस्तै तृतीय हुने टिमले १० हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पर्ने भलिवल प्रशिक्षक अर्जुन घिमिरेले जानकारी दिए ।

शुक्रबार, शनिबार र आइतबार गरि तीन दिन चल्ने प्रतियोगितामा सर्वोउत्कृष्ट, उत्कृष्ट खेलाडिहरुलाई पनि पुरस्कृत गरिने आयोजक विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिए । विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउनुका साथै स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खुलकुद भन्ने नारालाई सार्थक बनाउन प्रत्येक वर्ष जिल्लास्तरीय भविबल प्रतियोगिता आयोजना गर्दै आइएको प्राचार्य कृष्ण न्यौपानेले जानकारी दिए । राष्ट्रिय खेलाडि उत्पादन गर्नका लागि समेत एभरेष्ट माविले महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गर्दै नियमित रुपमा विद्यालयमा इनडोर र आउट डोरका प्रतियोगिताहरु गराउँदै आएको बताए । शुक्रबार बिहान ११ बजेदेखि हुने प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले गर्ने कार्यक्रम रहेको शिक्षक माधव पौडेलले जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।