ताजा अपडेट »

कर्णाली प्रदेशकाे उपसभामुखमा माओवादी नेतृ यसोदा न्यौपाने विजयी

बुधबार, ०४ माघ २०७९, १५ : ३१
16 Shares

सुर्खेत । कर्णाली प्रदेश सभाको आज भएको उपसभामुख पदको निर्वाचनमा माओवादी केन्द्रकी नेतृ यसोदा न्यौपाने विजयी भएकी छिन् ।४० सदस्यीय प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेश सभामा आज भएको मत विभाजन प्रक्रियामा ३८ प्रदेशसभा सदस्यहरू सहभागी थिए ।

ती प्रदेशसभा सदस्यमध्ये उनको पक्षमा २४ र विपक्षमा १४ मत खसेको हो । यो मतसँगै सभामुख नन्दा गुरुङले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेकी हुन् । उनी निर्वाचित हुनका लागि प्रदेशसभा सदस्य संख्याको बहुमत अर्थात २१ मत चाहिन्थ्यो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।