ताजा अपडेट »

रुपन्देहीमा रोहिणीमा मंगलबारदेखि मेयर कप क्रिकेट प्रतियोगिता हुँदै

सोमबार, ०२ माघ २०७९, १८ : १५
2 Shares

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित स्वामीनगर, धकधईमा मंगलबार (भोली) देखि मेयर कप–२०७९ (क्रिकेट प्रतियोगिता) हुने भएको छ । नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिकाको आर्थिक सहयोगमा श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता हुने प्रतियोगिताका संयोजक रुपेश कुर्मीले बताए।

माघ ३ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ७ वटै वडा र एउटा कर्मचारीको टीम गरी ८ वटा टीमको सहभागीता रहने कुर्मीले जानकारी दिए । प्रतियोगिताको विजेता टीमलाई रु. ६० हजार र उपविजेतालाई रु. ३० हजार प्रदान गरिने उनले बताए । मंगलबार बिहान ११ बजे प्रतियोगिताको उद्घाटन हुने र उद्घाटन खेल रोहिणी–१ र रोहिणी–३ बीच हुने आयोजकले जनाएका छन् ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले खेलकुद क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए । उनले भने, ‘क्रिकेटप्रति युवाहरुको रुची बढ्दो छ, सोहीअनुसार युवाहरुलाई प्रोत्साहन गर्न र खेल क्षेत्रको विकासका लागि गाउँपालिकाको सहयोगमा क्रिकेट प्रतियोगिता हुँदैछ । ’उनले यसअघि गाउँपालिकाले कुस्ती प्रतियोगिता समेत आयोजना गरिसकेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।