ताजा अपडेट »

कर्णालीमा माओवादीले पुरानालाई मन्त्रीमा नल्याउने

शुक्रबार, २९ पुस २०७९, १० : ३२
41 Shares
शुक्रबार, २९ पुस २०७९
41 Shares

सुर्खेत। माओवादी केन्द्रले पुरानालाई यो पटक मन्त्री नबनाउने भएको छ । प्रदेश इन्चार्ज कालीबहादुर मल्लले दिएको जानकारीअनुसार पुराना कसैलाई पनि मन्त्री नबनाउने निर्णय भएको छ ।

माओवादीबाट डोल्पाका वीरबहादुर र सुर्खेतका विन्धमान विष्ट प्रदेशसभामा दोहोरिएका छन् । नयाँलाई मात्र मन्त्री बनाउने माओवादीभित्र सहमति भइसकेको छ । बिहीबार मात्र माओवादीबाट मुगुका मंगलबहादुर शाहीले विना विभागीय मन्त्रीको रुपमा मात्र शपथ लिएका छन् । मन्त्रीमण्डल विस्तारका लागि छलफल जारी रहेको छ । कर्णालीमा एमाले र माओवादीबीच आधा आधा कार्यकाल सरकार चलाउने सहमति भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।