ताजा अपडेट »

अफगानिस्तानको विदेश मन्त्रालयबाहिर आत्मघाती हमला, २० जना हताहत

विहीबार, २८ पुस २०७९, ०८ : २८
22 Shares

काबलु । अफगानिस्तानको काबुलस्थित विदेश मन्त्रालय बाहिर आत्मघाती बम हमला हुँदा कम्तीमा २० जनाको हताहति भएको छ ।  आक्रमण स्थलनजिक  टर्की र चीनलगायत धेरै देशका दूतावास छन् ।

इस्लामिक स्टेट समूहको स्थानीय शाखा इस्लामिक स्टेट– खोरासान प्रान्त (आईएस–के) ले टेलिग्राममा एक पोस्टमा आक्रमण गरेको दाबी गरेको छ । 

प्रहरीले कम्तिमा पाँच सर्वसाधारणको मृत्यु भएको बताएको छ तर तालिबानका अर्का एक अधिकारीले २० जनाको ज्यान गएको बताएका छन् । आक्रमणबारे तालिबान अधिकारीहरुले अनुसन्धान सुरु गरेका छन् । 

आक्रमणको समयमा चिनियाँ प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयको भवनभित्र अफगान अधिकारीहरूसँग वार्ता गर्ने कार्यक्रम थियो । आक्रमणमा कम्तीमा ४० जना घाइते भएका प्राप्त विवरणहरुमा जनाइएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।