ताजा अपडेट »

दाेश्राे सडक खेल महाेत्सव

आइतबार, १० पुस २०७९, १९ : २७
24 Shares


बुटवल । बुटवल क्यालेश्थेनिककाे आयोजनामा बुटवल सिद्देश्वरी मा बि काे ग्राउन्डमा शनिबार दाेश्राे सडक खेल महाेत्सब सम्पन्न भएको छ। बुटवल क्यालेश्थेनिकका अध्यक्ष पुकार थापाकाे अध्यक्षता तथा रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरि क्षेत्रीकाे प्रमुख आतिथ्यतामा संपन्न भएको छ ।

संचारकर्मी सुमन श्रेष्ठको संचालनमा भएको साे प्रतियोगितामा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंधका सदस्य तथा रुपन्देही शारीरिक सुगठन तथा फिटनेस संधका अध्यक्ष सितु प्रसाद श्रेष्ठ, अन्तर्राष्ट्रिय निर्णायक केशब बहादुर शाक्य, अन्तर्राष्ट्रिय खेलाडी बिजेन्द्रमान श्रेष्ठ लगायत उपस्थिति थियोे ।

साे प्रतियोगिता अन्तर्गत पुरुष खुलामा प्रथम अनुज श्रेष्ठ (६:०३ मिनेट, द्वितीय सन्दीप बुढाथोकी (६:१८ मिनेट) र तृतीय बिपिन क्षेत्री (६:२७ मिनेट) भएका छन् । यस्तै महिला खुल्ला तर्फ प्रथम दिना राणा (४:५७ मिनेट), द्वितीय अञ्जना थकाली (५:०१ मिनेट) र तृतीय रक्षा कार्की (५:१२ मिनेट) भईन भने मास्टर्स [४०+] उमेर समुहमा प्रथम रमेश कार्की (३:०१ मिनेट), द्वितीय भरत थापा (३:१० मिनेट) र तृतीय मनोहर थापा (३:१६ मिनेट) भए।

साथै बार कसरततर्फ प्रथम अनुज श्रेष्ठ (१:२४ मिनेट), द्वितीय हर्षित शिहानी (१:२५ मिनेट) र तृतीय लाल बहादुर खङ्गाहा (१:३२ मिनेट) भए । यस्तै स्प्रिट अफ द गेममा रोशन श्रेष्ठ बिजेता भए ।उक्त कार्यक्रम संस्थाका उपाध्यक्ष सुरज थापाले संयाेजक रुपमा संयाेजन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।