ताजा अपडेट »

कतारले हस्तान्तरण गर्यो सन् २०२६ को विश्वकप आयोजना गर्ने देशलाई जिम्मेवारी

सोमबार, ०४ पुस २०७९, ०९ : २३
25 Shares

दोहा । कतारले आगामी विश्वकप आयोजना गर्ने देश क्यानडा, मेक्सिको र अमेरिकालाई जिम्मेवारी हस्तान्तरण गरेको छ ।

कतार ओलम्पिक कमिटी ९क्यूओसी० का अध्यक्ष शेख जोआन बिन हमाद अल थानीले क्यानडाका यातायात मन्त्री ओमार अल्घाब्रा, मेक्सिको फुटबल महासंघका अध्यक्ष योन डे लुइसा प्लाजास र अमेरिकी प्रतिनिधिलाई फिफा विश्वकप २०२६ को आयोजनाको लागि जिम्मेवारी हस्तान्तरण गरेका छन् ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोको उपस्थितिमा संयुक्त राष्ट्र लिन्डा थोमस९ग्रीनफिल्डमा लुसेल रंगशालामा फिफा विश्वकप कतार २०२२ को फाइनल खेल पछि आइतबार राती औपचारिक रुपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो ।

अध्यक्ष शेख जोआनले कतारले मध्यपूर्वमा पहिलो पटक विश्वकपको असाधारण संस्करण आयोजना गरेकोमा खुशी व्यक्त गरेका छन् । उनले क्यानडा, मेक्सिको र अमेरिकाले सन् २०२६ मा सफल विश्वकप आयोजना गर्ने इच्छासमेत व्यक्त गरेका छन् ।

उनले फिफा विश्वकप आयोजना गर्न विशेष गरी संस्कृतिलाई नजिक ल्याउन र विश्वका जनतालाई एकताबद्ध गर्न खेलको भूमिकालाई अभिवृद्धि गर्ने सन्दर्भमा आफ्नो विशेषज्ञता र अनुभवले भ्याए सम्म काम गरेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।