ताजा अपडेट »

जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टनको उपाधी बुटवलको लाफा समुहलाई

शनिबार, ०२ पुस २०७९, १३ : ३४
15 Shares

भैरहवा । भैरहवामा सम्पन्न जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी लाफा समुह बुटवलले जितेको छ । शनिबार भएको फाइनल खेलमा विन्जन बस्नेत र नारायण पौडेलको समुहले लाफा समुहकै पुरन गाहा र पुरन श्रीसको टीमलाइ पराजित गर्दै उपाधी जितेको हो । गाहा र श्रीसको टीमले उपबिजेतामा चित्त बुझायो ।

फाइनलमा बस्नेत र पौडेलको टीमले २१-१९ र २१-१५ को सोझो सेटमा हराउँदै उपाधी जितेको हो । उपाधीसँगै बिजेताले नगद १५ हजार, उपबिजेताले १० हजार रुपैया प्राप्त गरे  । प्रतियोगितामा तामनगर ब्याडमिन्टन क्लबका केशव तिवारी र मदन सुवेदी र तामनगरकै सुवास कर्माचार्य र रामजी न्यौपानेको टीम संयुक्त रुपमा तृतीय स्थान हासिल गरि नगद ५ हजार रुपैया प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय सदस्य राजेश कुमार अग्रवाल, महासंघ लुम्बिनीका उपाध्यक्ष दिपक पौडेल, सिद्धार्थ उघ्योग बाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, कर्पोरेट उपाध्यक्ष अरुण कुमार गोयन्का, महासचिव बिजय पाण्डे, सचिव दिपेन्द्र प्रधान, खेलकुद संयोजक हरि बहादुर थापा, प्रचार प्रसार संयोजक कृष्ण प्रसाद घिमिरे लगायतले नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

आठौ लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ को अवसर पारेर सिद्धार्थ उद्योग बाणिज्य संघले ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको थियो । यसले पछिल्लो समय लोकप्रीय मानिएको ब्याडमिन्टन खेलको प्रवर्द्धन हुने खेल संयोजक थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।