ताजा अपडेट »

‘बेस्ट म्यानेज्ड’ डेभलपमेन्ट बैंकको उपाधि शाइन रेसुङ्गालाई

मंगलबार, २७ मंसिर २०७९, ११ : ११
54 Shares

बुटवल । ‘बेस्ट म्यानेज्ड’ डेभलपमेन्ट बैंकको उपाधि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले जितेको छ । सोमबार न्यू बिजनेश एज प्रालिले काठमाडौंमा आयोजना गरेको सातौं न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०२२ मा शाइन रेसुङ्गाले उत्कृष्ट व्यवस्थापन गरेवापत अन्य विकास बैंकलाई पछाडि पार्दै यो उपाधि जित्न सफल भएको हो ।

यो विधामा मुक्तिनाथ विकास बैंक दोस्रो, लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंक संयुक्त रुपमा तेस्रो भएका छन् । लुम्बिनी प्रदेशलाई केन्द्र बनाएको शाइन बैंकका संघीय राजधानी काठमाडौंसहित प्रदेश १ र २ वाहेक सबै प्रदेशमा ८७ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् । सबैभन्दा धेरै शाखा, कारोबार र ग्राहक लुम्बिनी प्रदेशमा छन् । यो उपाधि जित्नुमा बैंकका सञ्चालक समिति, शेयरधनी,कर्मचारी,बैंकका ग्राहक र शुभेच्छुक सबैको प्रत्यक्ष अप्रत्यक्ष भूमिका रहेको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए।

यस्तै बेस्ट म्यानेज्ड कमर्सियल बैंकको अवार्ड भने स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले जितेको छ । यो विधामा सिद्धार्थ बैंक लिमिटेड दोस्रो भएको छ भने राष्ट्रिय वाणिज्य बैंक तेस्रो भएको छ । बेस्ट म्यानेज्ड कम्पनी अफ द इयरको अवार्ड भने शिवम् सिमेन्टले जितेको छ । बेस्ट म्यानेज्ड माइक्रोफाइनान्स कम्पनी अवार्ड छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले जितेको छ । सो विधामा फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो स्थानमा रहँदा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो स्थान हासिल गरेको छ ।

यस्तै, बेस्ट म्यानेज्ड ननलाइफ इन्स्योरेन्स कम्पनी अवार्ड शिखर इन्स्योरेन्स कम्पनीले जितेको छ । यो विधामा सगरमाथा इन्स्योरेन्स कम्पनी दोस्रो र नेको इन्स्योरेन्स कम्पनी तेस्रो भएका छन् । बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनीको उपाधि भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जितेको छ । यो विधामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो हुँदा लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड तेस्रो भएको छ ।

बेस्ट म्यानेज्ड फाइनान्स कम्पनीको अवार्ड भने आईसीएफसी फाइनान्स लिमिटेडले जितेको छ । यो विधामा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स दोस्रो र गुडविल फाइनान्स कम्पनी तेस्रो भएका छन् । यी अवार्डको विजेता ४ सदस्यीय जुरीको टोलीले छनोट गरेको थियो । जसमा विमल वाग्ले, श्रीमान कार्की, शशी सत्याल र महेश कुमार थापा रहेका थिए । नेपालको पहिलो गर्भनर हिमालयशम्शेर राणालाई लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशीप अवार्ड दिइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।