ताजा अपडेट »

देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल

शनिबार, १७ मंसिर २०७९, २१ : २०
18 Shares

बुटवल । रुपन्देहीको देवदह-७ की दिपा भट्टराई लामो समयदेखि मृगौला रोगको संक्रमणबाट पीडित भएपछि सहयोग जुटाई दिन परिवारले आग्रह गरेका छन् । ३१ वर्षीया दिपाको दुबै मृगौलाले काम गर्न नसक्नेभएपछि उनका परिवारले आर्थिक सहयोग जुटाई दिन सबैसँग आग्रह गरेका हुन् ।

नेपालका काठमाण्डौ, भरतपुर र भारतका दिल्ली, पञ्जाव, राजंस्थान लगायतका विभिन्न स्थानमा उपचार गराउँदा निको नभएको र झण्डै ३० लाख खर्च भई सकेको दिपाका श्रीमान नुरकान्त भट्टराईले बताए । उनले श्रीमतीको उपचार गर्दागर्दा भएको पैसा सकिएको र आर्थिक अवस्था पनि निकै कमजोर भएकाले उपचारमा सहयोग गर्न आग्रह गरे । उनले शनिबार संचारकर्मीसँग कुरागर्दै उपचारका लागि खर्च जुटाईदिन सबैसँग आग्रह गरे ।

श्रीमती (दिपा) को उपचार गर्दागर्दा आफूसँग भएको सम्पत्ति समेत सकिसकेको बताउँदै उनले थोरै-थोरै भए पनि आर्थिक सहयोग गर्न आग्रह गरे । उनले पूर्वी नवलपरासी कावासोतीमा शाखा रहेको प्राईम बैंकको खाता नम्बर ०१५००७९७ मा पीडीको नाममा सहयोग गरिदिन आग्रह गरे । पाँच वर्षदेखि दुबै मृगौला फेल भएको र उपचार भई रहेको छ । दिपाको अहिले भरतपुर पुरानो मेडिकल कलेजमा उपचार चलि रहेको छ । दिपाका दुई सन्तान रहेको र मृगौला फेर्नुको विकल्प नभएको श्रीमान नुरकान्तले बताए ।

प्रत्येक हप्ता मृगौलाको डाइलासिस गर्नु पर्ने सुनाएका नुरकान्तले एक हप्तामा पाँच हजार पाँचसयबढी खर्च लाग्ने बताए । मृगौला प्रत्यारोपण गर्नका लागि ३०/३५ लाख रुपैयाँ लाग्ने भन्दै सहयोग जुटाई दिन दिपाका परिवारले आग्रह गरेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।