१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

अर्घाखाँची । अर्घाखाँचीको अर्घा जुन गाउँ नेता उत्पादन गर्ने स्थानको रुपमा चिनिन्छ । जहाँबाट २०४८ सालयता लगातार सांसद पाउँदै आएको छ । पछिल्लो ३१ वर्षमा सन्धिखर्क नगरपालिका–९ मा पर्ने अर्घामा जन्मिएका र स्थायी घर भएकाले मात्रै निर्वाचन जित्दै समेत आएका छन् ।

Advertisement

अर्घामा यसपटकको निर्वाचनमा समेत दुईजना निर्वाचित भएका छन् । अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका टोपबहादुर रायमाझी र प्रदेशसभा– १ मा विजयी भएका चेतनारायण आचार्य दुवै अर्घा गाउँका बासिन्दा हुन । अहिलेको निर्वाचनमा समेत यस गाउँबाट चार जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

निर्वाचित टोपबहादुर रायमाझी, उपविजेता नेपाली कांग्रेसका नेता एवम् पूर्व उपसभामुख पुष्पा भुसाल मात्र होइन प्रदेशसभा १ मा विजयी भएका एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र स्वतन्त्रबाट मनोनयन गरेका वसन्त केसी चार जना यसै गाउँका हुन । जिल्लामा २०४८ देखि ७९ सम्म भएका निर्वाचनमा अर्घाबाटै सांसद चुनिएका छन् ।

अर्घाकै रेवतीप्रसाद भुसाल कांग्रेसबाट २०४८ र २०५१ मा सांसदमा निर्वाचित भएर पर्यटन राज्यमन्त्री भएका थिए । २०५६ सालमा राष्ट्रिय जनमोर्चाबाट डिलाराम आचार्य निर्वाचित भएका थिए । उनी अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिव हुन  ।

पञ्चायतकालमा रेवतीप्रसादका पिता नारायणप्रसाद भुसाल २०१९ देखि २०२८ सालसम्म लगातार चार पटक चुनाव जितेर जिल्ला पञ्चायत सदस्य रहेका थिए । सांसद मात्र होइन सन्धिखर्क नगरपालिकाको संस्थापक नगर उपप्रमुख ठाकुरकुमार विक र वर्तमान उपप्रमुख मिश्रा आचार्य दुवै साविक अर्घा गाविसका हुन ।

चौबीसे राज्य अन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको छ । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ । चौबीसे राज्यको समयमा अर्घा र खाँचीका राजाले लडाइ झगडा नगर्ने, आगामी दिनमा मिलेर अगाडि बढ्ने भनी तत्कालीन अवस्थाको खर्कमा सन्धि गरेकाले उक्त स्थानको नाम सन्धिखर्क (हालको सदरमुकाम)रहन गएको इतिहासकारले बताउँछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री सुनको मूल्य ५०० रुपैयाँले घट्यो ट्रान्सपरेन्सी रिपोर्ट : नेपालमा झन बढ्यो भ्रष्टाचार, ३४ अंकसहित ११० औं स्थानमा प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो बालापन झल्काउने गणेशको ‘चियावाला’, हजुरबुवादेखिको पेशालाई नयाँ स्वरुपमा ‘ब्राण्डिङ’ मन्नतको बालकोनीमा किन जान्छन् शाहरुख ? सहकारीको ऋण चुक्ता नगर्ने आठ ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन वृद्धाभत्ता नदिएको भन्दै छोराले गरे बन्चरोले हानेर आमाको हत्या प्रचण्डलाई नेकपा एसको ज्ञापनपत्र- चरम आर्थिक संकट पर्‍याे (पूर्णपाठ) बैतडीका २० बर्षीय युवक चार दिनदेखि बेपत्ता प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने मर्स्याङ्दीपारीबाट वैकल्पिक सडक स्तरोन्नति गर्न पहल यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर डिएसपीसहित ८ सुरक्षाकर्मी मारिएको टिकापुर घटनाको सर्वोच्चमा आज पेसी आजको मौसमः कर्णाली र लुम्बिनीमा पानी पर्न सक्ने, हिमाली भु–भागमा हिउँ पर्ने लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारी, तीन उम्मेदवार सार्वजनिक दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो