ताजा अपडेट »

बासी र सडेगलेका खाना नखान आग्रह

आइतबार, १६ असोज २०७९, १४ : २९
28 Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वको बेलामा बासी, सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको छ ।मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै चाडपर्वको बेलामा बासी, सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको हो ।

मन्त्रालयले खानकुरा राम्रोसँग पकाएर मात्र खाने र पकाएका खानेकुरालाई छोपेर राख्न आग्रह गरेको छ । साथै, चिल्लो एवम् बोसोयुक्त, गुलियो, चिसो पेयपदार्थ तथा नुन कम खान मन्त्रालयको सुझाव छ ।

पोसिलो, ताजा तथा स्वस्थ खानेकुरा जस्तै हरिया सागपात फलफूल, दाल तथा गेडागुडी, पशुपन्छीजन्य तथा दूधजन्य खानेकुरा खान जोड दिएको छ।

मदिरा सेवन नगर्न पनि मन्त्रालयको विशेष आग्रह छ । साथै, पाकेको र काँचो खानेकुरालाई छुट्टाछुट्टै भण्डारण गर्न, खाना पकाउन, खुवाउन र खान अघि साबुनपानीले हात मिचिमिची धुन मन्त्रालयको सूचनामा उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।