ताजा अपडेट »

जिन्दगीको चर्खा

सोमबार, १० असोज २०७९, १६ : ४४
55 Shares

बनाउनु छ घर
जहां बित्छन,हरेक पला र घडी ।
सजाउनु छ घर,
बटुलेर सबै रत्नहरु जोडी ।।
अलिसान महल खोज्दै भौंतारीयो मन
सांसारीक मोह बाहेक के रैछ र धन
जसोतसो चलाउनु छ जिन्दगीको चर्खा,
कोहीलाई घाम,कोहीलाई सितल,कोहीलाई सधै बर्खा ।।

त्यही त हो जीवन
जहां रुंदै जन्मछौं,अनि रुवाएर मर्छौ
आत्तिन्छौं धोका र दुखमा
रमाउंछौ प्राप्ती र सुखमा
कमाउन खोज्छौं आफन्त
अनि सम्पत्ती र ईज्जत
बगाउंछौ पसीना र रगत
खोज्छौं मुल्य,भईदिन्छ अबमुल्य
थाक्छ मुटु,बन्द हुन्छन नयन
हारिन्छ खेल,अनि हुन्छ दुखद मृत्यु
जीन्दगीको कथा
लेख्ने अर्कै छन,देख्ने अर्कै छन
अनि भोग्ने पनि त अर्कै
रङ्गमन्चमा कहिले हसाउने रोल आउंछ
कहिले रुवाउने रोल
मुख्य कलाकारको रोल हांस्ने हंसाउने
सबैलाई खुसी बनाउने होला
कसैको रोल त भिलेनको पनि होला
सधै दुख दिईरहने लड्ने लडाउने
भिड्ने भिडाउने सबैलाई चिडाउने
हंसाउने रुवाउने रोल फरक फरक
आफ्नो भुमिका निभाउंदा निभाउंदै
सकिन्छ रोल अनि लाग्छ ड्याम्म पर्दा
ड्रामा रहेछ जीन्दगी ।
पर्दा नलाग्दा सम्म आफ्नो भुमिका निभाउनुपर्ने
जानीनजानी चलाउनु छ,जिन्दगीको चर्खा,
कोहीलाई घाम,कोहीलाई सितल,कोहीलाई सधै बर्खा ।।

रुन्छन बोलाउंछन अनि कराउंछन
अंह सुनिदैन कति,सायद यही त होला मृत्यु
रंगाउंछन,पहिराउंछन फरक पहिरन र श्रृंगार
अंह देखिंदैन सायद यहीं त होला मृत्यु
छुन्छन,अंगाल्छन अनि जलाउंछन
तर महशुस हुंदैन कति,सायद यही त होला मृत्यु
तस्वीरमा माला,दियोमा तेल सकिन्छ
देखींदैन कतै,सायद यहीं त होला मृत्यु
देखेका सपना पुरा नहुंदै,
आफ्नै कर्मको हिसाब नबुझ्दै
हरिया पात छंदै गर्ल्याम्म ढलेको रुख
अब काम नलाग्ने हुन्छ
अगि सम्म बनेको ओत अब चुहिन थाल्छ
जुट्छन सारा कहिले नजुट्ने पनि
फुट्छन बांणी कहिले नफुट्ने पनि
आफ्नासंग छुट्नु र मृत्युसंग जुट्नु
यही त रहेछ जिन्दगीको चर्खा,
कोहीलाई घाम,कोहीलाई सितल,कोहीलाई सधै बर्खा ।।

जन्मदेखि चिाहानसम्म
सधै साथमा ताप
पल्लो घरको तला धेरै,
मेरो सानो झुप्रो
सपना छ मेरो पनि
धन कमाउने थुप्रो ।
कमाउने र रमाउनेको
लोभमा जिवन बित्यो
खेल रैछ जीवन लिला
कसले हार्यो कसले जित्यो
जित्नु नै छ संसार सबैलाई
चुम्नु छ गगन,रित्याउनु छ समुन्द्र
खोज्नु छ खानी,अगाडि पो त जानी
बनाउनु छ आलिशान बास
यस्तै त रहेछ जीवन केही छैन खास ।।
संसार जित्ने होडबाजीमा, जिन्दगीको चर्खा,
कोहीलाई घाम,कोहीलाई सितल,कोहीलाई सधै बर्खा ।।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।