ताजा अपडेट »

जसरी नि चुनाव जित्नु छ

शनिबार, ०१ असोज २०७९, २१ : ०४
2 Shares

गाउँ–शहर
बस्ती–बस्तीमा
गल्ली–गल्लीमा
आजकल चुनावी चर्चा छ
नेता कार्यकर्ताको आ–आफ्नै प्रचार छ
उले होइन मैले टिकट लिनु छ
बेतोड भागदौड भ्याइ–नभ्याई छ
राम्रोले होइन हाम्रोले जित्नुछ
किनभने यसपाली जसरी नि चुनाव जित्नु छ

फेरी पनि उ गर्छौ त्यो गर्छौ
जोडतोडका साथ भन्नुछ
शब्दकोषका सबै शब्दहरु खर्चिएर
ठूलो–ठूलो स्वरमा फलाक्नुछ
आकाशका जुनतारा टिपेर
जनताको हात मै राखिदिनुछ
छिटोभन्दा छिटो सत्तामा पुग्नुछ
त्यसैले जसरी नि चुनाव जित्नु छ

सत्ता र शक्तिको प्रयोग गर्नुछ
ठाउँ ठाउँमा करोडौंको घडेरी जोड्नुछ
आशेपाशे नाता कृपा र चाकरलाई
मनग्गे गास वास कपास दिनुछ
सत्ता र भत्तामा तृप्त हुनुछ
चोर–पुलीस चोर–पुलीस खेल्नुछ
हामी राम्रो, उ नराम्रो
त्यो नराम्रो, उ पार्टी नराम्रो
भनिभनि फुक्ला गाला बेस्सरी बजाउनुछ
किनभने यसपाली जसरी नि चुनाव जित्नु छ

फेरि पनि मस्ती गर्नुछ
सरकारी ढुकुटी रित्ताउनुछ
स्वेदशमा मात्रै होइन
बिदेशमा नि २/४ वटा घडेरी जोड्नुछ
धरहरालाई माथ गर्ने
ठूला–ठूला महल बनाउनु छ
त्यसैले जसरी नि चुनाव जित्नु छ

पाँच वर्ष सत्ताको बागडोर सम्हाल्नुछ
जनता भोकै भएपनि
चौरासी ब्यञ्जन खानु छ
रोगी जनतालाई ओक्तो नभए नी
लाखौंको ब्राण्डेड रक्सी पिउनु छ
त्यसैले यसपटक
जसरी नि चुनाव जित्नु छ । [email protected]

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।