ताजा अपडेट »

वेस्टर्न युनियनको १० तोला सुनपती योजनाको पहिलो लक्की ड्र सकियो

विहीबार, ३० भदौ २०७९, १५ : ३१
20 Shares
विहीबार, ३० भदौ २०७९
20 Shares

बुटवल । वेस्टर्न युनियनको १० तोला सुनपती योजनाको पहिलो लक्की ड्र सम्पन्न गरेको छ । आफ्ना प्रमुख एजेन्ट प्रतिनिधिहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक रेमिटेन्स, हुलास रेमिटेन्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिट मार्फत भदौ २७ गते पहिलो साप्ताहिक लक्की ड्र सम्पन्न गरेको हो ।

योजना अनुसार १० ग्राहकहरुले चाँदीका सिक्का, १० जनाले मिक्सर ग्राइन्डर र १० जनाले इन्डक्सन चुलो जितेका छन् । विजेताहरु नेपालका विभिन्न जिल्लाहरुबाट रहेका छन् । चाँदीका सिक्काका विजेताहरु, दिपक यसमाली मगर, देबेन्द्र बहादुर बस्नेत, पदम बहादुर थापा, रामकल्यान महतो, विष्णु प्रसाद गैरे, महम्मद रेहान राना, अली साफी, घनेन्द्र प्रसाद सापकोटा, लक्ष्मण बुढा मगर र मेख राना रहेका छन् । इन्डक्सन चुलोका विजेताहरुमा, भिमप्रकास वली, राम प्रकास यादव रिता, राम प्रसाद तराइत, सम्शद आलम, विर बहादुर कार्की, मनोज डाँगी, टिकाराम दमाइ दासी, मोहन कुमार राइ, ओजन विष्ट र सुनिल कुमार चंगाले रहेका छन् ।

त्यस्तै, मिक्सर ग्राइन्डरका विजेताहरुमा, महम्मद उमर मुसलमान, कृष्ण कुमाल, बिपेस कोइराला, समिर गैरे विष्णु गैरे, हासिम मिया कवारी, भरत चन्द्र, राम चन्द्र सुनार उजार, मिना खड्का, प्रकास विसी र नन्द किशोर कामै रहेका छन् । पहिलो साप्ताहिक लक्की ड्र सम्पन्न भए संगै वेस्टर्न युनियन नेपालले दोस्रो साप्ताहिकको तयारी गरिरहेको छ । यस योजना अन्तर्गत एक भाग्यशाली विजेताले बम्पर लक्की ड्रमा १० तोला सुन जिती सुनपती बन्न सक्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।