ताजा अपडेट »

युक्रेनले रुसबाट ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लियोः जेलेन्स्की

मंगलबार, २८ भदौ २०७९, १० : ४९
26 Shares
मंगलबार, २८ भदौ २०७९
26 Shares

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले यस महिना रुसी सेनाविरुद्धको प्रतिआक्रमणमा ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको छ ।

“सेप्टेम्बरको सुरुदेखि,हाम्रा सैनिकहरूले पूर्व र दक्षिणमा ६ हजार वर्ग किलोमिटर युक्रेनी क्षेत्रलाई मुक्त गरिसकेका छन् । हामी अझ अगाडि बढिरहेका छौं’,  जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने । युक्रेनले उत्तरपूर्वी खार्किभ क्षेत्रमा इज्युम, कुपियान्स्क र बालाक्लिया सहरसहित दर्जनौं क्षेत्रहरू पुनः कब्जा गरेको छ ।  पछिल्लो २४ घण्टामा सुरक्षाकर्मीहरूले सत्रुद्धारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएको र ती क्षेत्र अहिले हाम्रो पूर्ण नियन्त्रणमा रहेका युक्रेनी सेनाका एक अधिकारीले बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।