८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

सुनवल । एनएमबि बैंक सुनवल शाखाले सुनवल क्षेत्रका कृषकसग बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सुनवल बडेरा क्षेत्रका पशुपन्छि पालन तथा कृषक समुहमा आवद्ध किसानहरुलाइ बैकिङ्ग सम्बन्धि शिक्षा प्रदान गरेको हो ।

Advertisement

एनएमबि बैंक सुनवल शाखाका प्रबन्धक अर्जुन ज्ञवालीले बित्तीय साक्षरता सम्बन्धि सहजीकरण गरेका थिए। उनले कृषि उद्दमशिलता, कृषि योजना, त्यसको बित्तीय ब्यवस्थापन र बजारको सम्भावना र दिगो संचालनको बारेमा प्रकाश पारेका थिए । साथै बैंकको महत्त्व र दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैकिङ्ग, फ्रड र फ्रडबाट सुरक्षित रहने उपाय तथा एनएमबि बैंकमा भिडियो कल माफर्त खाता खोलिने सुबिधा, शेयरकारोबार, नारी बचत खाता, इन्भेस्टर सेविङ्ग खाता, डबल मुद्दती खाता तथा बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवाको बारे अभिमुखिकरण गरेका थिए ।

कार्यक्रममा पशुपन्छि पालन तथा कृषक समुहका अध्यक्ष गङ्गाराम गैरेले एनएमबि बैंक सुनवल शाखाले आफुहरुमाझ निकै राम्रो र उपयोगी कार्यक्रम ल्याएकोमा धन्यवाद ज्ञापन गर्दै सिकेको कुरा ब्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
समुहमा करिब १०० जनाको सन्लग्नता रहेको सदस्य कृष्ण पाण्डेले जानकारी दिए।

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर