ताजा अपडेट »

बुटवलको कान्ति माविमा तालाबन्दी

मंगलबार, २१ भदौ २०७९, १० : ०९
113 Shares
मंगलबार, २१ भदौ २०७९
113 Shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ स्थित कान्ति माविमा तालाबन्दी भएको छ । विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले मँगलबार विद्यालयको लेखा शाखामा ताला लगाएको छ ।

विद्यालयमा अभिभावकबाट सहयोगका रुपमा उठाइने चर्को शुल्क अन्त्य गर्नु पर्ने, सबै बालबालिकाहरुले शिक्षा लिन पाउने वातावरण सिर्जना गर्नु पर्ने तथा यसअघि विद्यालयसँग भएका सम्झौताहरु कार्यान्वयन हुनु पर्ने लगायतका माग राख्दै तालाबन्दी गरिएको सो संगठनले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।