११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

काठमाडौं। तेस्रो तथा अन्तिम एकदिवसीयमा घरेलु टोलीकेन्याले नेपाललाई २ सय ५६ रनको कीर्तिमानी लक्ष्य दिएको छ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनायो।

Advertisement

जारी एकदिवसीय सिरिजमा केन्याले नेपाललाई दिएको यो नै सबैभन्दा ठूलो लक्ष्य हो। पहिलो एकदिवसीय खेलमा केन्याले नेपालाई २ सय १९ रनको लक्ष्य दिएको थियो। उसका लागि कोलिन्स ओबुयाले शानदार ब्याटिङ गरे।

उनले १ सउ ११ बलमा ७ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ८४ रनको योगदान दिए। यस्तै, लुकास ओलुओचले आक्रामक ब्याटिङ गर्दै नटआउट ५९ रन जोडे। २६ बलको सामना गरेका उनले ५ छक्का र ५ चौका हिर्काए।

सुकदीप सिंहले ३७ र इमानुएल बुन्डीले २३ रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा १ मेडनसहित ३६ रन दिँदै २ विकेट लिए। यस्तै, आदिल आलमले २, बसिर अहमद र शाहब आलमले १–१ विकेट लिए। २ विकेट रनआउटको रूपमा प्राप्त भयो।

नेपाल आज एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनामा छ । तीन खेलको सिरिजमा नेपाल २-० ले अघि रहेको छ। यसअघि नै सिरिज जितिसकेको नेपाल तेस्रो खेलमा जित निकाल्दै एकदिवसीय सिरिज ३-० ले आफ्नो बनाउन चाहन्छ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो । केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा सान्त्वना जित हात पार्न चाहन्छ ।

नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो । नेपालले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ। नेपालले आज करण केसी र पवन सरार्फलाई विश्राम दिँदै असिफ शेख र किशोर महतोलाई खेलाइएको छ।

नेपालको प्लेइङ–११ :

आसिफ शेख, अर्जुन साउँद (विकेटकिपर), देव खनाल, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, मोहम्मद आदिल आलम, सोमपाल कामी, शाहब आलम, किशोर महतो र बसिर अहमद।

प्रतिकृया दिनुहोस्

Flash News

सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो