ताजा अपडेट »

झापा-५ बाट केपी ओलीको नाम सिफारिस

सोमबार, २० भदौ २०७९, १४ : २७
14 Shares

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा झापा–५ बाट सर्वसम्मत सिफारिस भएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि झापा–५ बाट ओलीको नाम  सर्वसम्मत सिफारिस भएको ओलीका सञ्चार सहयोगी चेतन अधिकारीले जानकारी दिए । २०७४ सालको निर्वाचनमा पनि ओली झापा–५ बाटै निर्वाचित भएका थिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा हुने भएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।