Oct 2, 2023
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९३ हजार छ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा एक सय रुपैयाँले बढेर ९३ हजार सात सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा पाँच रुपैयाँले बढेर ११ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्