८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

बुटवल । रुपन्देहीको तिलोत्तमास्थित द कफी हबले दक्ष जनशक्ति उत्पानदनमा जोड दिएको बताएको छ । कफी हबका प्रबन्ध निर्देशक तिरास लाम्टाङे मगरले गत वर्षदेखि सञ्चालनमा आएको कफी हबले कफीका परिकारहरुको बिक्री वितरणसँगै तालिम पनि प्रदान गर्दै आएको बताए ।
उनले कफी हबबाट हालसम्म १ सय जना भन्दा बढीले बारिष्ठा तथा बेकरी तालिम हासिल गरेको बताए । शनिबार तालिम लिएका करिब ५० जनालाई विदाई तथा नयाँलाई स्वागत गर्दै उनले सो कुरा बताएका हुन् ।

Advertisement

एक समारोहकाबीच बुटवलमा आयोजित विदाई तथा स्वागत कार्यक्रममा उनले कफी पारखीलाई विभिन्न किसिमका कफीहरुको परिकारहरुको सेवा गर्नुका साथै ब्राण्डनै बनाउने उद्देश्यका साथ तिलोत्तमाको शान्तिचोकमा कफी हबबाट सेवा शुभारम्भ गरेको बताउँदै उद्देश्य अनुसार अगाडि बढेको बताए ।

उनले भने ‘नेपालमा कफी पिउने चलन भएतापनि व्यवसायिक रुपमा भने विस्तार हुन बाँकी छ । कफीको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै यस क्षेत्रमा कफी हबले नामले सुरु गरेँ । साथै म हस्पिटालिटी क्षेत्रबाट आएको र होटल म्यानेजमेण्ट अध्यापन पनि गराउँदै आएको हुँदा जनशक्ति पनि उत्पादन गरौं भनेर वारिष्ठा तथा बेकरी तालिम पनि दिने गरेका छौं। जसअनुसार हालसम्म १ सय बढीले तालिम लिई सक्नु भएको छ ।’

कार्यक्रममा होटल तथा रेष्टूरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले आफूले उद्घाटन गरेको कफी हबले छोटो समयमा धेरै पारखी बनाएको र जनशक्ति समेत उत्पादन गरेको देख्दा ,थाहा पाउँदा खुशी लागेको बताउँदै सेवालाई बुटवलमा पनि विस्तार गर्न सुझाय।

उनले भने ‘ कोरोना महामारीकाबीच संक्रमणकालिन अवस्थामा जोखम मोल्दै शुभारम्भ भएको कफी हब म लगाएतले उद्घाटन गरेका थियौं । यो एक वर्षमा कफी हब वास्तवमै कफी हब बन्न सफल भएको छ, धेरै जनशक्ति पनि उत्पादन गरेछ, अब यो यस क्षेत्रको पहिचान बन्नु पर्दछ, कफी हबको सेवा बुटवल लगाएत विभिन्न स्थानमा विस्तार गर्नुहोस् ।’

त्यसैगरी होटल तथा रेष्टूरेण्ट व्यवसायी संघ,रुपन्देहीका महासचिव माधव खनालले हस्पिटालिटी क्षेत्रमा देखिएको नैराश्यतालाई कफी हबले सकारात्मक सन्देश दिएको बताए । ‘पछिल्ला वर्षहरुमा होटल तथा रेष्टूरेण्ट क्षेत्रमा ठूलो असर पर्यो,जसको अहिलेपनि सामना गर्नु परेको छ । तर, यसैबीच कफी हबले सेवा शुभारम्भसँगै धेरै ग्राहकको मन जित्दै कफी, केक बनाउने जनशक्ति उत्पादन गर्दै सफल भएको छ । जुन सकारात्मक सन्देश हो । यस्ता व्यवसायी र जनशक्तिलाई संघले सहयोग गर्नुका साथै सहकार्य गर्ने प्रतिवद्धता पनि जनाउन चाहान्छु ।’

विदाई तथा स्वागत कार्यक्रममा अनुरुपता बचत तथा सहकारी लिमिटेडका संयोजक दिपेन्द्र अधिकारी अधिकारी, पाथ वे कन्सल्टेन्सीका प्रबन्ध निर्देशक खुम पालुङ्गे मगर ,होटल व्यवस्थापनका शिक्षक गोविन्द गाहा, मदन पुन ,बेकरी सेफ सूर्य सारु,प्रशिक्षार्थी श्रृष्टि बेल्बासे,सुशान्त पौडेल लगाएतले आ–आफ्ना भनाई राखेका थिए ।

गत वर्षको भदौं १ गतेबाट शुभारम्भ भएको कफी हबमा हालसम्म ५ हजार नियमित ग्राहक रहेको बताउँदै तालिम लिएका सय मध्ये केहिले स्वदेशमै आफ्नै व्यवसाय सुरु गरेको, केहि रोजगार भएको र धेरैजसो अष्ट्रेलिया,क्रोयशिया,जापान लगाएतका देशहरुमा गएको प्रबन्ध निर्देशक मगरले बताए । कार्यक्रममा कफी हबका प्रशिक्षार्थी,कर्मचारी लगाएतले सांगीतिक प्रस्तुती दिएका थिए । कार्यक्रमको सञ्चालन हुमराज भुसालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर