११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

काठमाडौं । नेपालले दोस्रो एकदिवसीय खेलमा घरेलु टोली केन्यालाई पराजित गरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार नेपालले केन्यालाई १७ रनले हराएको हो । यस जितसँगै तीन खेलको सिरिज नेपालले एक खेल अगाबै २-० ले जितेको छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । अब नेपालले घरेलु टोलीविरुद्धको तेस्रो एकदिवसीय खेल सोमबार खेल्नेछ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।

Advertisement

नेपालले दिएको २ सय ३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको केन्याले ४६ ओभर ३ बलमा अलआउट हुँदै २ सय १३ रन बनाउन सक्यो । केन्याका लागि रकिप पटेलले ८१ रनको अर्धशतकीय इनिङ खेले । कोलिन्स ओबुयाले ३७ रन जोड्दा नेल्सन ओधियाम्बोले २८ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले ४ तथा सोमपाल कामीले ३ विकेट लिए । करण केसी, आदील अन्सारी र पवन सर्राफले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ३० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ खेले । रोहितले ९५ बलमा ७ चौका प्रहार गरे। यस्तै देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाए ।

ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदील अन्सारीले १४, अर्जुन साउदले ५ तथा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफ समान २ रन बनाएर आउट भए । करण केसी ११ रनमा आउट हुँदा आदील आलम सुन्य रनमा अविजित रहे । केन्याका भिराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले २/२ विकेट लिए ।

प्रतिकृया दिनुहोस्

Flash News

नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ