२५ श्रावण २०७९, बुधबार

Aug 10, 2022

दाङ । दाङमा हालसम्म करिव २३ हजार व्यक्तिले मात्रै स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बिमा बोर्ड, दाङका अनुसार जिल्लामा २०७७ माघबाट शुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म २२ हजार ९ सय ६४ जनाले मात्रै स्वास्थ्य बिमा गराएका छन् । सरकारले नागरिकको उपचार सहज बनाउन तथा आर्थिक भार कम गरी स्वास्थ्य उपचारमा नागरिकको पहुँच बढाउने लक्ष्यका साथ शुरु भएको स्वास्थ्य बिमा कार्यक्रम जिल्लामा शुरु भएको डेढ वर्षको अवधिमा लक्ष्य अनुसार निकै कम व्यक्ति सहभागी भएका छन् ।

Advertisement

स्वास्थ्य बिमा बोर्ड दाङका कार्यालय प्रमुख गोपीलाल वलीका अनुसार, २०७७ माघ १० गतेबाट दाङमा शुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा बजार क्षेत्रका केहीले बिमा कार्यक्रममा सहभागीता जनाए पनि अझै गाउँपालिका स्तरमा यसको पहुँच पुग्न सकेको छैन ।रकम अभाव, ग्रामीण भेगमा सूचनाको पहुँल नपुग्नु तथा दर्ता सहयोगीको भूमिका प्रभावकारी नहुँदा स्वास्थ्य बिमा कार्यक्रममा नागरिकको चासो निकै कम रहेको उनको भनाई छ । हरेक पालिकाको वडा स्तरमा स्वास्थ्य बिमा दर्ता सहयोगी राखिए पनि उनीहरुले प्रभावकारी काम नगर्दा अपेक्षित रुपमा जिल्लामा करीव ३ प्रतिशतले मात्रै स्वास्थ्य बिमा गराएका छन् । जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार दाङमा ६ लाख ७६ हजार जनसंख्या रहेको छ ।

जिल्लाका सय वटै वडामा स्वास्थ्य बिमा कार्यक्रम पु¥याउन बिमा दर्ता सहयोगी खटाइए पनि पालिकाका जनप्रतिनिधिहरुले पनि भूमिका सकारात्मक रुपमा नखेलेको पाइएको छ । पालिकाका प्रमुख स्वास्थ्य बिमा कार्यक्रमको संयोजकका रुपमा रहने व्यवस्था छ । दाङको घोराही, तुलसीपुर क्षेत्रमा केहीले स्वास्थ्य बिमा गराए पनि अन्य पालिकाका यसको पहुँच निकै कम रहेको स्वयम् स्वास्थ्य बिमा बोर्ड दाङका प्रमुख वलीले बताए ।

स्वास्थ्य बिमा गराएकाहरुले अहिले जिल्लाको राप्ती स्वास्थ्य वित्रान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल र लमही अस्पतालबाट सेवा लिई रहेका छन् । अन्य ३ ठाउँमा पनि यो सुविधा दिने गरी सूचिकृत गरिएकोमा हालसम्म कोही पनि त्यहाँबाट सेवा नलिएको पाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हालसम्म ७ हजारभन्दा बढीले सेवा लिन सफल भएका छन् भने राप्ती प्रादेशिक अस्पतालबाट पाँच हजार बढीले सेवा लिएका छन् । उता, लमही अस्पतालबाट पनि सय जनताले यो सेवा लिएको पाइएको छ ।

१ देखि ५ जनासम्मको परिवारले वार्षिक ३५ सय रुपैयाँ तिरेर बिमा गरेमा वार्षिक १ लाखको, ६ जनाको परिवारको हकमा ४२ सय रुपैयाँ तिरेमा १ लाख २० हजार बराबरको स्वास्थ्य सेवा तथा सोही अनुपातमा परिवार संख्याको अनुपातमा २ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचारसहित औषधीमा सहुलियत दिइएको छ । तर, जेष्ठ नागरिक, अपांगता भएकाहरुको हकमा भने यो सुविधा निशुल्क गरिएको उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

चीनमा देखियो जनाबरबाट मानिसमा सर्ने नयाँ भाइरस लुम्बिनीमा दुई स्थानसहित सबै प्रदेशबाट स्मार्ट लाइसेन्स छपाइको तयारी आज र भोलि देशका केही स्थानमा हुन सक्छ भारी वर्षा नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको सपथ लिँदै नेपालले केन्यासंग टी २० र एकदिवसीय शृंखला खेल्ने मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ मतदाता नामावलीमा दाबी बिरोधका लागि भदौ १२ देखि १९ गतेसम्मको अवधि बिदेशको कमाइले गाउँमा जग्गा किनेर बेसार खेती लामो समयदेखि प्रयोगविहिन लुम्बिनीका विद्युतीय गाडी दशैं अघिनै सञ्चालनमा आउने प्रहरी प्रशासनकै आडमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी चौराहा–गोलपार्क सडकः निर्माणमा देखिएका अड्चन हटाउने निर्णय लुम्बिनी साँस्कृतिकमा मिलेन विवाद : भद्रगोल कार्यालय, मर्कामा सेवाग्राही बुटवलमा जग्गा नापजाँचको काम शुरु सदभावको प्रतिक मोर्हरम पर्व, धुमधामका साथ मनाईयो थप १०९० जनामा कोरोना संक्रमण पुष्टि रुपन्देहीमा लगातार ३ पटक जितेका विष्णु पौडेललाई यसपटक कति चूनौती ? डिभिजन वन अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २० लाख ४८ हजार बिगो दाबी ठेकेदारले ९ करोड बुझे, सडक निर्माण अलपत्र फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : बालेन साह जिल्ला विकास समितिका तत्कालिन खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा