२४ जेष्ठ २०८०, बुधबार

Jun 7, 2023

मंसिर १६,

Advertisement

ग्लोवल आवाज

बुटवल । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा आगामी पुसमा सञ्चालन गर्न लागिएको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा पानीबाट चल्ने गाडी आकर्षकको रुपमा रहने छ । गाडी चलाउन ईन्धन आवश्यक पर्ने भएकाले पानीबाट चल्ने गाडी कस्तो होला भन्ने सबैलाई उत्सुकता हुन सक्छ ।

पानीबाट गाडी चल्ने पद्धती तथा त्यसको बारेमा जानकारी गराउने उद्देश्यले मेलामा राख्नलागिएको बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तथा मेला प्रचार प्रसार समितिका संयोजक मुक्ति अधिकारीले जानकारी दिए । बुटवल मिलनचोकमा रहेको ‘जिसी रिसर्च एण्ड डेभलपमेन्ट कम्पनी’ले पानीबाट गाडी चल्ने प्रणालीको बिकास गरेको र त्यही प्रणालीलाई मेलामा राख्न लागिएको हो । उक्त कम्पनीले नेपालमा मात्रै नभएर विश्वमै पहिलो पटक पानीबाट गाडी चल्ने प्रणाली अध्ययन गरेर बिकास गरेको हो । त्यसकालागि गाडीमा एउटा छुट्टै डिभाईस जडान गर्नुपर्ने कम्पनीका मेकानिकल ईञ्जिनियर शिशिर जिसीले बताए । उनका अनुसार हरेक प्रकारका गाडी र जेनेरेटरमा समेत यो डिभाईस जडान गर्न मिल्छ ।

गाडी चलाउनकालागि ६० प्रतिशत ईन्धन र ४० प्रतिशत पानी (केमिकल ट्रिट वाटर) आवश्यक पर्छ । जडान गरिएको डिभाईसबाट पानी सप्लाई गरिन्छ । उक्त पानी ग्याँसमा परिणत भएर ईञ्जिनमा प्रवेश गराईन्छ । उक्त डिभाईसमा ४ दशमलव ६ लिटर पानी अटाउँछ । त्यसले गाडीलाई १ हजार ५ सय किलोमिटर गुडाउँछ । सामान्यतया ईन्धनमा पानी मिसियो भने ईञ्जिनलाई सिज समेत गराउन सक्छ । तर यो प्रणालीबाट चलाईने गाडीको माईलेज, पावर, पिकअप बढाउने, ईञ्जिनलाई स्मुथ बनाउने र चलाउन समेत धेरै सजिलो हुने ईञ्जिनियर जिसीले बताए ।

त्यस्तै गाडी भित्र शुद्ध अक्सिजन प्रदान गर्ने र यसैका कारण गाडीको साईलेन्सरबाट निस्कने धुवामा कार्वनमोनो अक्साईड र हाईड्रो कार्वन उत्सर्जनमा कमि हुने भएकाले वातावरणका हिसावले पनि बढी उपयोगी भएको उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने