Jun 6, 2023
मंसिर ११,
काठमाडौँ । ‘नेपालीका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई निष्कासन गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निष्कासन गर्ने निर्णय गरेको हो ।
कार्यसमितीले उनलाई यस अघि पुराएको योगदान प्रति धन्यवाद दिंदै अब उप्रान्त उनले दिने कुनै पनि अभिव्यक्ति, गर्ने क्रियाकलाप, कार्यक्रम र गतिविधिमा नेपालका लागि नेपालीको कुनै पनि संलग्नता, सहभागिता र सर्मथन नरहने तथा नेपालका लागि नेपालीमा ज्ञानेन्द्रको कुनै सहभागिता नरहने स्पष्ट पारेको छ । भ्रष्टाचारको अन्त्य, राष्ट्रियताको संरक्षण र राजनितीक शुद्धिकरणमा हाम्रा एजेण्डा अझै बलियो हुने भन्दै विज्ञप्तीमा देश विदेशमा रहनु हुने सबैलाई यस अभियानमा साथ र सहयोग दिन अनुरोध समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस्