२४ जेष्ठ २०८०, बुधबार

Jun 7, 2023

मंसिर ११,
ग्लोबल आवाज

Advertisement

बुटवल । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा आगामी पुसमा सञ्चालन हुन लागेको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा ई–रिक्साले यात्रुलाई ५ रुपैंयाँ छुट दिने भएको छ । बुटवलका बिभिन्न स्थानबाट मेला स्थल बुटवल–११ देवीनगरसम्म जाने यात्रुलाई प्रतियात्रु ५ रुपैंया छुट गर्ने सहमति भएको हो ।

बुटवल उद्योग बाणिज्य संघ र नेपाल ई–रिक्सा चालक व्यबसायी संघबिच बुधबार भएको बैठकले मेलाको प्रचारप्रसारका कम्तिमा सय रिक्सामा मेलाको व्यानर राख्ने र त्यसबापत संघले निश्चित रकम प्रदान गर्ने तथा बुटवलका बिभिन्न स्थानहरु योगिकुटी चोक, देवीनगर चोक र कालिकानगर चोकदेखि मेला स्थलमा आउने जाने यात्रुलाई लिँदै आएको भाडामा ५ रुपैंया छुट गर्ने सहमति भएको मेला सचिवालयले जानकारी गराएको छ । अहिले बुटवलमा नगर क्षेत्र भित्र ई–रिक्सामा यात्रा गर्दा २५ रुपैंया लिँईदै आएको छ । मेला अवधिभर निर्धारित क्षेत्र भित्रबाट मेलामा जाने यात्रुलाई ५ रुपैंया छुट गरि प्रतियात्रु २० रुपैंयाँ लिने सहमति भएको हो ।

उक्त सहमतिमा संघका तर्फबाट मेला प्रचारप्रसार उपसमितिका संयोजक तथा संघका कार्यसमिति सदस्य मुक्ति अधिकारी र नेपाल ई–रिक्सा चालक व्यबसायी संघ रुपन्देहीका अध्यक्ष लालमणी भण्डारीले हस्ताक्षर गरेका छन् । संघले पश्चिम नेपाल बस व्यबसायी समितिसंग जिल्लाका ग्रामिण क्षेत्रबाट मेला स्थलसम्म बस सेवा सञ्चालन गर्ने सहमति गरिसकेको छ । बस र ई–रिक्सा एउटै रुटमा चलाउँदा ट्राफिक व्यबस्थापनमा समस्या हुने भएकाले बस र ई–रिक्सा सञ्चालन गर्ने रुट समेत फरक फरक व्यबस्थापन गरिने प्रचारप्रसार समितिका संयोजक अधिकारीले बताए । ट्राफिक व्यबस्थापनलाई सहज बनाउनका लागि ट्राफिक प्रहरीसँग सहकार्य गरि ब्यवस्थीत बनाइने उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने