२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १०,
ग्लोबल आवाज

Advertisement

बुटवल । पश्चिम नेपाल बस व्यबसायी प्रालिले सञ्चालन गर्ने बिभिन्न रुटका गाडीहरु मेला स्थल (बुटवल–देवीनगर) प्रवेश गराएर सञ्चालन गर्ने सहमति भएको छ । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्ने २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ लाई सफल बनाउनका लागि आयोजक बुटवल उद्योग बाणिज्य संघ र पश्चिम नेपाल बस व्यबसायी प्रालिका प्रतिनीधि बिचमा सहमति भएको हो ।

दुई पक्षबिचको सहमति अनुसार रुपन्देहीको ग्रामिण क्षेत्र फर्साटिकर, सेमलार, मोतिपुरहुँदै मेला स्थलमा बस सञ्चालन हुने छ । त्यस्तै रुपन्देहीकै ग्रामिण क्षेत्र कान्छिबजार, शिवपुर, मणिग्राम चार नम्बर, भवानीपुर, गोरकट्टा पहुनी, भलवारी त्यस्तै नवलपरासीको ग्रामिण क्षेत्र त्रिवेणी, सिसौघारी, वर्दघाट, खैरेनी ढेकावार, चरंगे, टटेरा, गणेशनगर, भूपू सैनिक लगायतका स्थानबाट छुट्ने गाडी सिधै मेला स्थलमा प्रवेश गर्ने छन् । मेलामा जाने यात्रुहरुको सुविधालाई मध्येनजर गरेर बुटवलको गोलपार्कदेखि मेला स्थल र योगिकुटीदेखि मेला स्थलसम्म बस सेवा सञ्चालन गर्ने दुई संस्था बिचमा सहमति भएको छ । सहमति पत्रमा बुटवल उद्योग बाणिज्य संघको तर्फबाट संघका कार्यसमिति सदस्य तथा मेला प्रचारप्रसार उपसमितिका संयोजक मुक्ति अधिकारी र पश्चिम नेपाल बस व्यबसायी प्रालिको तर्फबाट बुटवल–भैरहवा रुट संयोजक रमेशप्रसाद अधिकारी, बुटवल–वर्दघाट रुट संयोजक टेकराज भट्टरार्ई (रामु) र बुटवल सालझण्डी रुट संयोजक दिपक पछाईले हस्ताक्षर गरेका छन् ।

मेला सञ्चालन गर्दै आएको साविकको स्थान बुटवल मण्डपमा स्थायी प्रदर्शनी केन्द्र निर्माणको काम सुरु भएकाले बुटवल उद्योग बाणिज्य संघले अहिले नयाँ स्थान बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा मेला सञ्चालन गर्न लागेको हो । मेला सञ्चालनका लागि धेरै ठाउँ अवलोकन गरेपनि बुटवलको सबैभन्दा बढी जनसंख्या भएको वडा र पिछडीएको क्षेत्र पनि भएकाले त्यस क्षेत्रको बिकासलाई मध्यनजर गरेर देवीनगरमा मेला सञ्चालन गर्ने निर्णय लिईएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताए । मेलालाई व्यबस्थित गर्नका लागि ट्राफिक व्यबस्थापनको पक्ष महत्वपूर्ण भएकाले बस सञ्चालन हुने र ईरिक्सा सञ्चालन गर्ने रुट छुट्याएर यात्रु ओसार पसारको व्यबस्था मिलाईने प्रचारप्रसार उपसमितिका संयोजक मुक्ति अधिकारीले बताए । त्यसका लागि ट्राफिक प्रहरी तथा सुरक्षा व्यबस्थालाई चुस्त बनाउनका लागि प्रहरी प्रशासन, नगरपालिका, वडासँग समन्वय गरिने उनले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने