Sep 23, 2023
मंसिर ९,
पोखरा । पोखरा ३३ नम्बर वडाका वडाध्यक्ष शिव आचार्यको गाडीमा बम पड्काइएको छ। ग२च ४२६ नम्बरको हाइलक्स गाडीमा बम पड्काइएको हो। वडाध्यक्षको घरम पार्किङमा राखिएको बेला बम विस्फोट गरिएको वडाध्यक्ष आचार्यले बताए।
बम पड्किएपछि गाडीको अघिल्लो भागमा क्षति पुगेको छ। घटना राति २ बजे भएको हो। प्रहरीले अज्ञात समूहले भनेपनि विप्लव समूहले यो काम गरेको आशंका गरिएको छ। घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरी प्रबक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए।- नेपालन्युज
प्रतिकृया दिनुहोस्