Jun 7, 2023
मंसिर ८,
सन्धिखर्क । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाका एक जनाको भिरबाट लडेर ज्यान गएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर–९, डेभाका जग बहादुर नेपालीको भिरबाट लडेर ज्यान गएको हो ।
७० वर्षिय जग बहादुर गत शुक्रवारदेखी बेपत्ता थिए । खोजी गर्दै जाने क्रममा आईतवार दिउँसो उनको स्थानिय सल्लेडाँडाको भिरमा शव भेटिएको थियो । स्थानियले अत्याधिक मदिरा सेवन गरेर हिंडेको देखेकाले त्यही कारणले उनी भिरबाट लडेको हुन सक्ने प्रहरीले जनाएको छ ।
शवको अर्घाखाँची जिल्ला अस्पतालमा पोस्टमार्टम पछी परिवारको जिम्मा लगाईएको प्रहरी निरिक्षक प्रकाश खत्रीले जानकारी दिए । -लक्ष्मण घिमिरेको सहयोगमा
प्रतिकृया दिनुहोस्