१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

मंसिर ८,

Advertisement

ग्लोबल आवाज

दाङ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकार विकास र समृद्धिको बाटोमा अगाडि बढेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टिका प्रदेश पाँच इन्चार्ज समेत रहेका पोखरेलले डेढ वर्षको अवधिमा सरकारले देखिने गरि विकासको काम गरेको दावी गरे । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर- १०र ११ को पढ्ढामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘कांग्रेसका साथीहरुले नेकपाको सरकारले के दियो ? भन्ने गरेको सुनेको छु । हामीले जनतालाई विकास र समृद्धि दिएका छौं । सरकारले दिने यही त होला । होइन् भने भन्नुहोला के दिनुपर्ने हो त्यो पनि सोचौंला ।’

लामो समय सत्ताको बागडोर सम्हालेको कांग्रेसले जनताका आशालाई निरासामा बदलेको दावी गर्दै मुख्यमन्त्री पोखरेलले कम्युनिष्ट पार्टी सरकारमा जाँदा जन आकांक्षा समेटिने गरेको बताए । ‘सबैभन्दा लामो समयसम्म सत्ताको बागडोर सम्हालेको नेपाली कांग्रेसले दाङमा २ वटा पुल देखाएर विकासको मुल फुटाएको भ्रम फैलाइरहेको छ । २ वटा पुल बनाएर जिल्लाको विकासको मुल कसरी फुट्छ ?’, मुख्यमन्त्री पोख्रेलले प्रश्न गरे, ‘नेकपाको सरकारले डेढ वर्षमा देखिने गरी विकास गरेको छ । १ दर्जन पुल बनिसके । त्यत्तिकै मात्रा पुल बन्ने प्रक्रियामा छन् । यसलाई विकास नभनेर के भन्ने ?’

सडक पूर्वाधारको विकास विना जिल्लाको समृद्धि हुँदैन भन्ने कुरालाई मध्यनजर गर्दै लमही–कुइरेपानी, कुइरेपानी–तुलसीपुर, घोराही–रक्षाचौर, तुलसीपुर–अमिलिया, तुलसीपुर–रुकुम, बखरिया–पञ्चकुलेलगायतका १ दर्जन सडक पूर्वाधार निर्माणको क्रममा भएको भन्दै मुख्यमन्त्री पोख्रेलले दाङका लागि यो समय स्वर्णकालका रुपमा परिभाषित भएको बताए । ‘हामीले जिल्लाको सडक सञ्जाललाई बलियो बनाइरहेका छौं । दक्षिण र उत्तरतर्फ दुईवटा पूर्व पश्चिमका बैकल्पिक मार्ग बनाउँदैछौं’, मुख्यमन्त्री पोखरेलले भने, ‘अबको ३ वर्षमा जिल्लालाई पश्चिम नेपालको आर्थिक केन्द्र बनाउने गरी काम गरिरहेका छौं ।’

पश्चिम दाङबासीले समृद्धिका लागि नेकपालाई जिम्मेवारी सुम्पिसकेको भन्दै मुख्यमन्त्री पोखरेलले विगतको जनमतलाई कायम राख्न आग्रह गरे । ‘यस क्षेत्रका जनताले उत्तरकुमार ओलीलाई अत्यधिक बहुमतले विजयी बनाएका थिए । यस क्षेत्रका लागि अहारात्र खट्दाखट्दै उत्तर कमरेडको निधन भएको थियो’, मुख्यमन्त्री पोख्रेलले भने, ‘उत्तर जीका सपना पूरा हुन बाँकी छन् । जसका लागि नेकपाका उम्मेदवार विमला ओलीलाई विजयी बनाउन आग्रह गर्दछु ।’ सुमन के.सी.

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य