९ जेष्ठ २०७९, सोमबार

May 23, 2022

मंसिर ८,

Advertisement

काठमाडौँ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर तयार गरिएको नेपालको नक्सा सार्वजनिक गरिएको छ ।नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको हो ।

आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा सार्वजनिक गरेको हो । प्रा. डा. नरेन्द्र राज खनालले सार्वजनिक गरिएको नक्साबारे जानकारी दिएका थिए । उनले विज्ञका हिसाबले नदीको रेखाङ्कन गरिएको बताए । ‍’डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं’, खनालले भने । सीमा बचाऊ अभियानका विज्ञ कोमल चन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएको बताए । नक्सालाई विश्वव्यापी बनाउने तयारी गरेको समेत बरालले जानकारी दिए । त्यस्तै नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घरघरमा चर्चा हुनुपर्ने बताए । ‘हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलिकति पनि नछोड्ने मूल सिद्धान्त हो’, रिसालले भने । सार्वजनिक गरिएको नक्सा सुगौली सन्धी अनुसारको भएको उनको भनाइ थियो ।

नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले नक्सा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद दिए । उनले काली नदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको सुनाए । पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गर्न नक्सा सार्वजनिक गरिएकोमा खुशी व्यक्त गरे । त्यस्तै पूर्व सचिव तथा अभियानकर्ता डा. द्धारिकानाथ ढुंगेलले तयार पारिएको नक्सा संयुक्त राष्ट्रसंघसम्म पुर्‍याउने तयारी भइरहेको बताए ।- साझापोष्ट

प्रतिकृया दिनुहोस्

Flash News

उपत्यकामा एकैदिन १७ सय ५२ चालकमाथि कारवाही, ८७ जना मापसे गरी सवारी चलाउने कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ: महामन्त्री शर्मा अन्ततः अनुहार ढाकेरै समाचार पढ्न बाध्य भए अफगानी प्रस्तोता मौसम : हावाहुरीसहित वर्षाको सम्भावना क्यानडामा भीषण आँधीः ९ लाख घर विद्युतविहीन दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा जजीरा एयरसँग चरा ठोक्कियो, उडान हुन सकेन स्थानीय सरकार र छाडा पशु चौपाया व्यवस्थापनको मुद्दा मोबाइल एपबाटै यसरी भगाउनुहोस्, आफ्नो वरपरका लामखुट्टे मणिमुकुन्द क्लबले मनायो पाँचौ राष्ट्रिय भलिबल दिवस, तिलोत्तमामा दिप प्रज्वलन चट्याङ लागेर एक जनाको मृत्यु, तीन गम्भीर घाइते बाघको आक्रमणबाट फूलकुमारीको मृत्यु पेट्रोलियम पदार्थमा १० रुपैयाँ, ग्यासमा २ सयले मूल्यवृद्धि तिलोत्तमामा कारले मोटरसाइकललाई ठक्कर दियो रेशम चौधरी जेलमा, रिहा माग्‍ने पार्टी बन्यो पहिलो बालेनको मत ४१ हजार कट्यो, सिंह स्थापितसँग मतान्तर बढाउँदै धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित तिलोत्तमामा खाँणले अग्रता बढाउँदै, चापागाईँ भन्दा ३५७ मतले अगाडि स्थानीय निर्वाचन: एक समीक्षा