ताजा अपडेट »

पत्रकार महासंघको कानुन विभाग सदस्यमा प्रेम सुनार मनोनयन

बुधबार, १४ बैशाख २०७९, १४ : ०१
6 Shares

बुटवल । नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष प्रेम सुनार कानुन विभागको सदस्यमा मनोनयन भएका छन् । सुनार नेपाल पत्रकार महासंघको केन्द्रिय कानुन विभागको सदस्यमा मनोनयन भएका हुन् ।

महासंघको विधानका उद्देश्यहरुको परिपूर्ति र महासंघको हित सम्बद्र्धनका लागि सुनारलाई कानुन विभाग सदस्यमा मनोयन गरिएको महासंघका महासचिब रोसन पुरीले बताए ।

लामो समयदेखि पत्रकारिता गर्दै आएक सुनार पत्रकार महासंघ गुल्मीका सचिव हुन् । उनी बुटवलबाट प्रकाशित ग्लोबल आवाज अनलाइन, रातोपाटी अनलाइन,न्यूज २४ टेलिभिजन, गुल्मीको रेडियो रेसुङ्गा लगाएतका सञ्चार माध्यममा आवद्ध छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।