ताजा अपडेट »

पश्चिम नवलपरासीमा ११ सय ४७ जनाको उम्मेदवारी

मंगलबार, १३ बैशाख २०७९, १५ : ३६
2 Shares

परासी । पश्चिम नवलपरासीको स्थानीय तह निर्वाचनका लागि भएको उम्मेद्वार मनोनयनमा पश्चिम नवलपरासीबाट विभिन्न राजनीतिक दलसहित स्वतन्त्रबाट कूल ११ सय ४७ जनाले उमेदवारी दिएका छन् । जसअनुसार रामग्राममा २ सय ५०, सुनवलमा २ सय ८५, बर्दघाटमा ८३ जनाले उमेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी सरावलमा ८४, प्रतापपुरमा ८३, सुस्तामा १ सय १७ र पाल्हीनन्दनमा २ सय ४५ जनाले भएको हो । उमेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा निर्वाचनका लागि २७ दल दर्तामा छन् । निर्वाचन आयोगले बैशाख ११ र १२ गते मनोनयन दर्ताको सयम दिएको थियो । उमेदवार दिएका दलहरुले केही पालिकामा गठबन्धन गरेर उमेदवार उठाएका छन् भने अधिकांश एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका छन् ।

नेकपा एमाले
बर्दघाट नगरपालिकाको उपमेयरमा बाहेक अन्य पालिकामा एमालेले सबै उमेदवार आफ्नै उठाएको छ । बर्दघाटमा राष्ट्रिय जनमुक्तिसँग तालमेल गरेर उमेदवार उठाएको छ । नगर प्रमुखमा धीरज शर्मा बस्याललाई उमेदवार बनाइएको छ । उपमेयरमा राष्ट्रिय जनमुक्तिबाट तारा रानालाई उठाइएको छ । राष्ट्रिय जनमुक्तिले सूर्य चिन्ह लिएर चुनाव लड्ने एमालेले जनाएको छ । प्रमुख पदका उमेदवार बस्याल दोहोरिनु भएको हो । सुनवल नगरपालिकाको प्रमुखमा विमला अर्याल र उपप्रमुखमा सूर्य दुबे रहनु भएको छ।

त्यहाँ यसअघि जितेका उपमेयरको ठाउँमा दुबेलाई ल्याइएको हो । प्रमुख पदकी उमेदवार अर्याल यसअघि नेपाली कांग्रेससँग पराजित हुनु रामग्राम नगरपालिकाको प्रमुखमा धनपदत यादव र उपप्रमुखमा लक्ष्मी क्षेत्री उमेदवार छिन् । सरावल गाउँपालिकाको अध्यक्षमा सुखाडी चौधरी र उपाध्यक्षमा बासमती हरिजन रहेका छन् । सुस्ता गाउँपालिकाको अध्यक्ष उमेदवारमा रामप्रसाद पाण्डे हुनुहुन्छ । सुस्ता गाउँपालिकाको उपाध्यक्षमा इन्द्रकुमारी थरुनी रहनु भएको छ । अध्यक्ष र उपाध्यक्ष दुवै दोहोरिएका भएको हो ।

पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा अफताब आलम अंसारी र उपाध्यक्षको उमेदवार रिंगला यादव रहेकी छिन्। प्रतापपुर गाउँपालिकाको अध्यक्षमा खेमनारायण चौधरी र उपाध्यक्षमा थमसरा न्यौपाने ९कमला० लाई उमेदवार बनाइएको पार्टी जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिए । यसअघिको चुनावमा एमालेले बर्दघाट नगरपालिका र सुस्ता गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको थियो। सुनवलमा उपमेयर जितेको थियो ।

नेपाली कांग्रेस
नेपाली कांग्रेसले पश्चिम नवलपरासीका २ नगरपालिकामा गठबन्धन गरेर उमेदवार उठाएको छ । गठबन्धन गरेका नगरपालिकामा माओवादी केन्द्रलाई उपमेयर दिइएको छ । अरु सबैमा आफ्नै उमेदवार उठाएको छ। गठबन्धन गरेका नगरपालिकामा बर्दघाट र सुनवल नगरपालिका छन् । बर्दघाटमा नेपाली कांग्रेसले शंभु श्रेष्ठलाई मेयरको उमेदवार बनाएको छ ।

सुनवल नगरपालिकामा अर्जुनकुमार पोखरेललाई मेयरको उमेदवार बनाइएको छ । रामग्राम नगरपालिकाको मेयरको उमेदवारमा नरेन्द्रकुमार गुप्ता र उपमेयरमा आरधाना भट्टलाई कांग्रेसले उमेदवार बनाएको छ । गुप्ता यसअघिका मेयरसमेत हुनुहुन्छ । पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा राजेन्द्र सहानी र उपाध्यक्षको उमेदवारमा सकिना फतिमा खातुन रहेकी छिन्। सरावल गाउँपालिकाको अध्यक्षमा अनिलकुमार गौंडर उपाध्यक्षको उमेदवारमा उत्तमा राय रहेका छन्। उपाध्यक्ष रायलाई फेरि दोहोराइएको हो । प्रतापपुर गाउँपालिकाको अध्यक्षमा उमेश यादव र उपाध्यक्षको उमेदवारमा मान कुमारी चौधरी रहेका छन्। सुस्ता गाउँपालिकाको अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षको उमेदवारमा गीता चौधरी रहनु रहेका छन्।

माओवादी केन्द्र
माओवादी केन्द्रले ३ वटा नगरपालिकामा गठबन्धन गरेर उमेदवार उठाएको छ । नेपाली कांग्रेससँग गठबन्ध गरेर बर्दघाट र सुनवल नगरपालिकामा उपमेयर उठाएको छ । त्यहाँ कांग्रेसले मेयर उठाएको छ। त्यसैगरी जनता समाजवादी पार्टी ९जसपा० सँग मिलेर रामग्राम नगरपालिकामा उपमेयर उठाएको छ बर्दघाट नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रबाट रुद्र प्रकाश उपाध्यायलाई उपमेयर बनाइएको छ। सुनवल नगरपालिकाको उपमेयरमा लेखनाथ खरेललाई उमेदवार बनाएको छ।

रामग्राम नगरपालिकाको उपमेयरमा शैलेन्द्र सहानीलाई उठाएको छ ।त्यस्तै पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा बैजु प्रसाद गुप्ता र उपाध्यक्षमा पावित्री कोहाँरलाई उमेदवार बनाएको छ । गुप्ता दोहोरिएका छन् भने नेपाली कांग्रेसबाट उपाध्यक्षमा जितेकी कोहाँर ५ दिनअघि मात्र टिकट नपाएपछि माओवादी केन्द्रमा प्रवेश गरेकी हुन् ।

सरावल गाउँपालिकाको अध्यक्षमा सुभानअली अंसारी र उपाध्यक्षमा जानकी चौधरीलाई उपाध्यक्ष बनाएको छ। प्रतापपुर गाउँपालिकाको अध्यक्षमा धीरज प्रताप सिंह र उपाध्यक्षमा देवी शर्मा उमेदवार रहेका छन्। सुस्ता गाउँपालिकाको अध्यक्षमा धर्मेन्द्र कुमार पञ्जियार र उपाध्यक्षमा सुष्मा बनियाँलाई उमेदवार बनाएको छ।

जनता समाजवादी पार्टी
सत्तागठबन्धन घटकको जनता समाजवादी पार्टी (जसपा)पश्चिम नवलपरासीका ७ स्थानीय तहमध्ये ५ वटा स्थानीय तहमा उमेदवारी दिएको छ । एक स्थानीय तहमा माओवादीसँग गठबन्धन गरेको छ ।बर्दघाट र सुनवल नगरपालिकामा संरचना बलियो नभएकाले उमेदवार नउठाइएको पार्टीले जनाएको छ । रामग्राम नगरपालिकाको मेयरमा गोविन्द चौधरीलाई उमेदवार बनाएको छ ।

उपमेयरमा माओवादी केन्द्रसँग गठबन्धन गरेको हो । चौधरी यसअघिका नगरप्रमुख र पूर्व शिक्षा राज्यमन्त्रीसमेत हुन्। पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा पार्टी अध्यक्ष धरेन्द्र यादव र उपाध्यक्ष मञ्जु चौधरीलाई उठाइएको छ । सरावल गाउँपालिकाको अध्यक्षमा निर्मल यादव र उपाध्यक्षमा सुनिता हरिजनलाई उमेदवार बनाइएको छ प्रतापपुर गाउँपालिकाको अध्यक्षमा राजेश चौधरी र उपाध्यक्षमा मन्सादेवी गुप्ता उमेदवार हुनुहुन्छ । सुस्ता गाउँपालिकाको अध्यक्षमा लख्खु यादव र उपाध्यक्षमा निर्मला कुमारी चौधरी उमेदवार छिन् ।

यसअघिको स्थानीय तह निर्वाचनमा जसपा ९तत्कालीन संघीय समाजवादी फोरम० ले कुनै पनि निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता स्थानीय तहको प्रमुखरउपप्रमुखमा पार्टी ९राजपा० ले चुनाव बहिष्कार गरेकाले अहिलेको लोसपाले उमेदवार लोकतान्त्रिक समाजवादी उठाएको थिएन।

लोकतान्त्रिक समाजवादी पार्टी
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० ले जिल्लाका ४ पालिकामा मात्र उमेदवार उठाएको छ । सांगठनिक संरचना कमजोर रहेकाले ३ पालिकाहरुमा मात्र उमेदवार उठाइएको पार्टीले जनाएको छ। उमेदवार नरहेका पालिकामा बर्दघाट नगरपालिका, सुस्ता र प्रतापपुर गाउँपालिका रहेको जिल्ला नेता एंव केन्द्रीय सदस्य पुरन चौधीरीले जानकारी दिए ।रामग्राम नगरपालिकाको मेयरमा लोसपाले हरिनारायण चौधरी र उपमेयरमा शोभा चौधरीलाई उमेदवार बनाएको छ । सुनवल नगरपालिकाको मेयरमा हरिराम कुँवर र उपमेयरमा मालती कुमारी कँवर योगीलाई उमेदवार बनाएको छ। सरावल गाउँपालिकाको अध्यक्षमा इन्द्रकमल यादव उपाध्यक्षमा श्याम कुमारी चौधरीलाई उमेदवार बनाएको छ । पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा मुकुरजी गिरी र उपाध्यक्षमा जलेखा खातुन उमेदवार बनाइएको छ । गिरी जिल्ला पार्टी अध्यक्ष हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टीले रामग्राम नगरपालिकाको मेयरमा रामभवन यादव र उपमेयरमा सम्झना चौधरीलाई उमेदवार बनाएको छ । सुनवल नगरपालिकाको मेयरमा दिलबहादुर बुढा र उपमेयरमा प्रेमबहादुर थापा मगर उमेदवार हुन् । बर्दघाट नगरपालिकाको मेयरमा मिलन श्रेष्ठ र उपमेयरमा निर्मला अधिकारीलाई उमेदवार बनाएको छ । पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा एैनुल अली र उपाध्यक्षमा ज्योती हरिजन रहेकी छिन्। सरावल गाउँपालिकाको अध्यक्षमा ओमप्रकाश चौधरी र उपाध्यक्षमा मनमाया लोनीया चौधरीलाई उमेदवार बनाएको छ । सुस्ता गाउँपालिकाको अध्यक्षमा गौरीशंकर कुशवहार उपाध्यक्ष र यमकुमारी पञ्जियारलाई उमेदवार बनाएको छ । प्रतापपुर गाउँपालिकाको अध्यक्षमा उपेन्द्र क्षेत्री र उपाध्यक्षमा उर्मिला चौधरीलाई उमेदवार बनाएको जिल्ला प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए । गत स्थानीय निर्वाचनमा राप्रपाले कुनै पनि स्थानीय तहको प्रमुखरउपप्रमुखमा जितेको थिएन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।