ताजा अपडेट »

‘योगदान राष्ट्रको लागि, गुल्मी’मा युवाहरु जोडिँदै

सोमबार, १२ बैशाख २०७९, १७ : ४९
10 Shares

गुल्मी । नयाँ सालको छेकोमा आफ्नो दायरा बढाउँदै‘योगदान राष्ट्रको लागि, गुल्मी’ संस्थाले गुल्मीस्थित चन्द्रकोट गाउँपालिका लगायत थुप्रै गाउँपालिकामा आफ्नो युवा स्वयंसेवक साथीहरु जोड्न थालेको छ। देशभर कुनैपनि व्यक्तिले सामान्य दुर्घटनामा प्राथमिक उपचार नपाएकै कारण ज्यान गुमाउने अवस्था नआओस् भन्ने हेतुले स्थापित उक्त संस्थाले पीडितको उद्दार र सुरक्षाका लागि विभिन्न कार्यक्रमहरु सञ्‍चालन गर्दै आएको छ।

संस्थाको शाखा गुल्मी जिल्लाका केही युवाहरुले मिलेर गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकालाई केन्द्र मानी उक्त संस्था स्थापना गरेका थिए। सामान्य दुर्घटनाबाट प्राथमिक उपचार नपाएकै कारणले नागरिकले अनेक दुस्ख, पीडा नपाउन् भन्ने हेतुले संस्थाले विभिन्न सचेतनामूलक कार्यक्रम गरी युवाहरुलाई स्वयंसेवक तालिम प्रदान गरी प्राथिमक उपचारका लागि खटाउने गरेको छ। संस्थाको यस्तो मानवीय कार्यमा जोडिई सहयोगी स्वयंसेवकको रुपमा सेवा प्रदान गर्न इच्छुक जोकोहीले संस्थाको फेसबुक पेजमा म्यासेज गरी अथवा संस्थाको आधिकारिक मोबाईल नं। ९८६६५७६५६५ मा सम्पर्क गरी संस्थासँग जोडिन सक्नेछ।

के हो त योगदान राष्ट्रको लागि?
यो संस्था एउटा सेवामुखी संस्था हो, जसको मूल उद्देश्य स्वयंसेवक भूमिका निर्वाह गर्ने र देशभरि धेरै भन्दा धेरै युवालाई अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा तालिम प्रदान गर्ने र तालिम प्राप्त स्वयंसेवकलाई महामारीरआपतकालीन ९बाढी, पहिरो, भूकम्प, आगलागी, सडक दुर्घटना० जस्तो समयमा परिचालन गर्नु, प्राथमिक उपचार सम्वन्धी तालिम दिने र गुणस्तरीय एम्बुलेन्स सेवा सञ्‍चालन गर्नु रहेको छ।

संस्थाले गुल्मीमा के गर्दैछ?
अहिलेसम्म यो संस्था चन्द्रकोट गाउँपालिकामा केन्द्रित रहेर थुप्रै सेवामूलक तथा मानवीय हितार्थ कामहरु गरिरहेको छ। हालै सो संस्थाले चन्द्रकोट गाउँपालिका र चक्रेश्वर इन्गलिश बोर्डिङ स्कूलसँगको सहकार्यमा रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले बृहत रक्तदान कार्यक्रम गरेको छ। कुनै दात्री संस्थारनिकायबाट आर्थिक सहयोग प्राप्त भएमा संस्थाले निकै उदाहरणीय कामहरु गर्ने रणनीतिसाथ अगाडि बढेको संस्थाका सल्लाहकार देवेन्द्र शाहले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।