ताजा अपडेट »

बुटवलमा सरकारी किर्ते र ठगि कार्यमा संलग्न महिला पक्राउ

आइतबार, ११ बैशाख २०७९, १६ : ३६
10 Shares

बुटवल । बुटवलमा सरकारी किर्ते र ठगि कार्यमा संलग्न एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा पाल्पा रिब्दिकोट गाउँपालिका–५ घर भई हाल बुटवल उपमहानगरपालिका–११ देविनगर बस्ने २३ वर्षीया प्रजिता गाहा रहेको प्रहरीले जनाएको छ ।

गाहाले विगत २ वर्षदेखी बिभिन्न जागिर लगाई दिन्छु भनि नक्कली नियुक्ति पत्र, लेटर प्याट तथा आईडी कार्ड छापी ७० जना भन्दा धेरै व्यक्तिसँग पैसा लेनदेन एवं कारोबार गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । गाहालाई ठगि शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।