ताजा अपडेट »

एमालेको नेतृत्वमा अब आउने टीमले तिलोत्तमाको विकासलाई नयाँ उचाइमा पुर्याउँछ : घिमिरे

आइतबार, ११ बैशाख २०७९, १६ : १५
6 Shares

बुटवल । एमालेको नेतृत्वमा अब आउने नयाँ टीमले गर्दा तिलोत्तमाको विकासले नयाँ उचाईं प्राप्त गर्ने तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताएका छन् ।

तिलोत्तमालाई उत्कृष्ट नगर बनाउन नेकपा एमालेको नेतृत्व अपरिहार्य बताउँदै उनले भने ‘समय सीमा, बजेट अभाव, कानुनी जटिलताका कारण हाम्रो टीमले गर्न बाँकी रहेका कतिपय काम नेकपा एमालेको नेतृत्वमा अब आउने नयाँ टीमले गर्दा तिलोत्तमाको विकासले नयाँ उचाईं प्राप्त गर्नेछ ।’ बाँकी कामलाई पूरा गराउन र सुरु गरिएका कामलाई नयाँ उचाईंमा पुर्याउन मोहन चापागाईं नेतृत्वको टीमलाई विजयी गराउन आग्रह समेत गरेका छन् । घिमिरे दोस्रो कार्यकालका लागि पनि मेयरका प्रत्यासि रहेका थिए तर, पार्टी मोहन चापागाईँलाई टिकट दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।