ताजा अपडेट »

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले मनायो १६ औं लोकतन्त्र दिवस

आइतबार, ११ बैशाख २०७९, १४ : २२
44 Shares

बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले १६औं लोकतन्त्र दिवस मनाएको छ । बुटवलको विपि चोकमा मानव अधिकार तथा शान्ति समाजले “मितव्ययी, प्रविधिमैत्री, शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन” को आह्वान गदैै १६ औं लोकतन्त्र दिवस मनाएको हो ।

प्रदर्शन कार्यक्रममा सम्बोधन गर्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले भ्रष्टचार र कुशासन लोकतन्त्रका प्रमुख सत्रु भएको बताए । उनले सुशासनले लोकतन्त्रलाई सुदृढ बनाउदै लैजाने बताए । लोकतन्त्र माथी व्यवस्था विरोधीहरुले चौतर्फी प्रहार गर्न खोजेको भन्दै यसको परिवर्तन पक्षधरहरु अब एक ठाँउमा उभिएर उपलब्धीको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

साथै उनले निर्वाचनलाई मितव्ययी र प्रविधीमैत्री बनाउनुपर्ने धारणा राखे । शभापति खनालले लोकतन्त्र जनताको जीवन संग जोडिने पर्ने बताउदै यसको उचित सम्बोधन हुन नसक्दा जनतामा निराशा छाएको बताउदै लोकतन्त्रको मुख्य रक्षक जनता नै भएको बताए । त्यस्तै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले लोकतन्त्र स्थापना भएको १६ वर्ष हुँदा पनि अझै पनि लोकतन्त्र संस्थागत हुन नसकेको बताए। कार्यक्रममा शान्ति समाज शाखा सभापति डिपी खनाल, दिपक अधिकारी ,सचिव कपिल ज्ञवाली लगायतले मन्तव्य व्यक्त गरे ।

प्रदर्शनका क्रममा सहभागिहरुले लोकतन्त्र जिन्दावाद, मितव्ययी निर्वाचन, भ्रष्टाचारमुक्त शासन, दिगो लोकतन्त्रका लागि सुशासन, आजको आवश्यकता स् प्रविधिमैत्री निर्वाचन, गुणस्तरीय स्वास्थ्य सेवा, सबैको अधिकार, लोकतन्त्रको आधार शान्ति र मानव अधिकार, लोकतन्त्रको गन्तव्यः दण्डहीनताको अन्त्य,लोकतान्त्रिक संस्कृतिः अहिंसात्मक जीवनधारा वैज्ञानिक शिक्षाः सबैको अधिकार, लेखिएका प्लेकार्ड सहित आधा घण्टा प्लेकार्ड प्रदर्शन गरेको हो । कार्यक्रममा शान्ति समाजका केन्द्रिय सचिव मिना ढकाल, केन्द्रिय सदस्य विष्णु भुसाल, पत्रकार हरिष ढकाल, लगायतको उपस्थीती रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।