ताजा अपडेट »

कांग्रेसको समीक्षा : ५ वर्ष त्यसै खेर गयो

आइतबार, ११ बैशाख २०७९, १४ : ०६
4 Shares

काठमाडौं । नेपाली कांग्रेसले घोषणापत्रमार्फत स्थानीय तहको पाँच वर्षलाई ‘खेर गएको पाँच वर्ष’ भनेको छ । खेर फाल्नेलाई दण्डित गर्नुपर्ने जनाएको छ ।

स्थानीय सरकारको एउटा अवधि त्यसै खेर गएको समीक्षा गरिएको कांग्रेस महामन्त्री तथा घोषणापत्र तयारी समिति संयोजक गगनकुमार थापाले बताए ।उनले अबको दशक सम्मुनतिको हुने बताए । जुन संकल्प पूरा गरिछाड्ने विश्वास पनि व्यक्त गरे ।

घोषणापत्रमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपाको सरकारको पालामा ‘अधिनायकवाद र सर्वसत्तवादको सूत्रपात’ भएको उल्लेख छ ।एमाले पार्टी सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको पनि महामन्त्री थापाले दाबी गरे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।