ताजा अपडेट »

पोखरा महानगरको मेयरको टिकट पाएका पौडेलले सुन चोरेको भिडियाे सार्वजनिक भएपछि तरंग

आइतबार, ११ बैशाख २०७९, १२ : ५६
9 Shares

पोखरा । एमालेले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको भिडियाे सार्वजनिक भएपछि तर‌ंग फैलिएकाे छ । उनले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सिसीटीभि फुटेज भाइरल भएको छ । त्यसपछि एमालेकै कार्यकर्ताहरूले समेत उनको विरोध गरेका छन् ।

केही वर्षअघि पोखराको एउटा पसलबाट उनले सुनको औंठी निकालेको र थाहा पाएपछि पार्टीले घटना मिलाएको बताइन्छ । अहिले चुनावमा टिकट पाएपछि पौडेलको उक्त भिडियो भाइरल बनाइएको छ । एमालेको केन्द्रीय सचिवालय बैठकले मेयरमा पौडेललाई टिकट दिएसँगै पुरानो भिडियो अहिले निकालिएको हो । उनकाे सामाजिक सन्जालमा भिडियाेसहित आलाेचना भइरहेकाे छ । यसबारेमा बुझ्न खाेज्दा पाैडेल सम्पर्कमा आएनन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।