ताजा अपडेट »

एमाले रुपन्देही-४ का क्षेत्रीय ईन्चार्ज यादवद्वारा पार्टी परित्याग

शनिबार, १० बैशाख २०७९, १६ : २८
2 Shares


भैरहवा । नेकपा एमालेका रुपन्देही क्षेत्र नम्बर ४ का क्षेत्रिय ईन्चार्ज तथा प्रदेश कमिटी सदस्य बाबुलाल यादवले पार्टी परित्यागको घोषणा गरेका छन् ।

यादवले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि पार्टीको साधारण सदस्य समेत नरहने गरि नेकपा एमाले परित्याग गरेको बताए । सम्मरीमाई गाउँपालिकाको अध्यक्ष पदका अकांक्षी यादवले जिल्ला तहका नेताबाट असहयोग भएको आरोप लगाए । “एक दुई जना ब्यक्तिले यो जिल्ला, क्षेत्र तथा पार्टीलाई चलाउदो रहेछन् ।” यादवले भने “पार्टीका त्यस्ता नेतालाई मैले खुशी पार्न सकिन ।”

उनले आजैको दिन देखी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताए । एमालेबाट राजीनामा दिए पनि अन्य पार्टी प्रवेश नगर्ने यादवले बताए । उनले तत्काल स्थानिय तहको निर्वाचनमा पनि कुनै पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । “२०५४ साल देखी ईलाका सचिव हुदै आज प्रदेश कमिटी सदस्य सम्म काम गरे ।” यादवले भने “अहिले पार्टीमा न बिधिको शासन छ, न कसैको कसैसित सदभाव छ । कमरेड भन्दै नक्कली हाथ मिलाई मात्र छ ।”

कमरेड भन्दै हात मिलाए पनि पार्टी भित्र एक अर्काको बिरोध गर्ने परिपाटी जरो गाडेर बसेको उनले आरोप लगाए । क्षेत्रको ईज्चार्ज बनाए पनि कुनै पनि नेता वा कमिटीले आफुलाई कहिल्यै पनि केही नसोधेको उनले गुनासो गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।