ताजा अपडेट »

स्याङ्जामा पुल भत्किँदा ८ जना घाइते, २ काे अवस्था गम्भीर

सोमबार, २१ चैत्र २०७८, १३ : २९
22 Shares

पाेखरा । स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन् । दुईजनाकाे अवस्था गम्भीर छ ।

चापाकोट नगरपालिका- ८ प्याक्लुङमा निर्माणाधीन पुलमा बिम हाल्ने क्रममा क्रेनबाट सामान झरेकाे र उक्त सामानसहित पुलकाे केही भाग झरेर कामदारलाई लागेकाे हाे । 

स्याङ्जा प्रहरी प्रमुख एसपी राजीव बस्नेतका अनुसार घाइतेहरुकाे पाल्पामा उपचार भइरहेकाे छ । पाल्पाका मिसन अस्पताल र प्रभास अस्पतालमा उपचार भइरहेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।