ताजा अपडेट »

शिव टोल विकास संस्था बुटवलको १२ औं वार्षिक साधारणसभा सम्पन्न

शनिबार, १९ चैत्र २०७८, १७ : ३९
4 Shares

बुटवल । शिव टोल विकास संस्था बुटवल–११ कालिकानगरको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०६१ सालमा स्थापना भई विभिन्न सामाजिक क्रियाकलापहरु सञ्चालन गर्दै आएको उक्त संस्थाले वार्षिक रुपमा गरेका क्रियाकलापहरुको प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी योजनाका बारेमा छलफल गरेको छ ।

संस्थाका अध्यक्ष शालिकराम पौडेल प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न टोलहरुमा भएको भौतिक निर्माण तथा पूर्वाधार विकासका बारेमा जानकारी गराएका छन् । यसैगरी टोलमा सञ्चाल गरिएको बचत तथा ऋण लगानी अन्तरगत बचतमा १० प्रतिशत तथा ऋणमा १३ प्रतिशत ब्याजदर कायम गर्ने, ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता तथा मासिक रुपमा ५ सय रुयैया बचन योजना लगायतका निर्णयहरुलाई साधारणसभाले पारित गरेको छ ।

सो अवसरमा बोल्दै बुटवल–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले संस्थालाई थप व्यवस्थित र सामाजिक क्रियाकलापहरुमा सक्रिय बनाउँदै अगाडी बढाउन शुभकामनासहित सुझाब प्रस्तुत गरे । क्षेत्रीले टोल विकास संस्थाले सामाजिक उत्तरदायित्व अनुसार काम गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । आफ्नो टोलमा हुने विकास निर्माणमा टोलको प्रत्यक्ष निगरानी हुनुपर्ने र त्यसो भएमा टोलमा निर्माण हुने योजनामा क्रुटि हुन नपाउने बताए । उनले टोलबाट छनोट भएर आएका योजना वडाले सिफारिस गरी उपमहानगरपालिकाबाट बजेट व्यवस्थापन गर्ने काम हुने भन्दै शिवटोल विकास संस्थाले पनि विकास सांझेदारीमा रोलमोडल कायम गरेको बताए ।

सो अवसरमा जेष्ठ नागरिक रतन बहादुर शेरचन, मायादेवी पाण्डे, कदर बहादुर रायमाझि, धनिश्वर आचार्य, सरस्वती आचार्यलाई सम्मान गरिएको छ । त्यस्तै कुल प्रसाद बस्याल संयोजक, ज्योति गौतम र भागवत ज्ञवाली सदस्य रहेको लेखा समिति पनि गठन गरिएको थियो । उपाध्यक्ष विष्णु घिमिको स्वागत तथा सचिव तारादेवि सम्सालको सञ्चालनमा भएको कार्यक्रममा कोषध्यक्ष सुबाश चन्द्र ढकालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई अनुमोदान गरिएको छ ।

कार्यक्रममा पश्चिम कालिकानगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खगप्रसाद पुन, बुटवल ११ जेष्ठ नागरिक मन्चका संयोजक गोमा पाण्डे, मेलमिलाप सहजकर्ता रामबहादुर राना, शिव टोल हरियाली बिकास समितिका अध्यक्ष नारायण प्रसाद भट्टराई, शिवालय मन्दिरका अध्यक्ष रुद्र भण्डारी, शुभागमन बचत तथा ऋण सहकारीका अध्यक्ष हरी प्रसाद पौडेल लगायतले बोलेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।