ताजा अपडेट »

मगर विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसको अध्यक्षमा थापा मगर

आइतबार, ०६ चैत्र २०७८, १७ : ०१
12 Shares

बुटवल । नेपाल मगर विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसको अध्यक्षमा दुर्गा थापा मगर चयन भएकी छिन् । आइतबार सम्पन्न क्याम्पस कमिटीको १८ औं अधिवेशनबाट थापा मगर सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन् ।

जसको उपाध्यक्षमा कल्पना बुढा मगर र खेम चौहान मगर, सचिवमा भूमिराज खासु मगर, कोषाध्यक्षमा सागर अस्लामी मगर र सह–कोषाध्यक्षमा अस्मिता सारु चयन भएका छन् । यस्तै सचिवालयमा सदस्यमा प्रबिना बुढाथोकी मगर र कल्पना थापा मगर चयन भएका छन् । कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रिय सदस्य मनिष फालले मगर विद्यार्थी संघले मगर विद्यार्थीहरुको हक हितका लागि मात्रै नभएर आम विद्यार्थीहरुको लागि काम गर्ने बताए ।

कार्यक्रम रश्मी पेमी मगरको अध्यक्षता, नेपाल मगर विद्यार्थी संघ केन्द्रीय सदस्य मनिष फालको प्रमुख आथित्यता र नेपाल मगर विद्यार्थी संघ लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप घर्ती मगरकोे विशिष्ट आथित्यतामा भएको कार्यक्रममा उपाध्यक्ष कमल थापा मगर, रुपन्देही जिल्ला अध्यक्ष दिपक दर्लामी मगर, जिल्ला सदस्य रमेश सारु मगर, लुम्बिनी वाणिज्य क्याम्पस अध्यक्ष टेक राना मगर लगायतको आथित्यता रहेको थियो ।

दुर्गा थापा मगरको स्वागत मन्तव्यमा भएको कार्यक्रमको संचालन नेपाल मगर विद्यार्थी संघका बुटवल बहुमुखीका सचिब धनेश्याम खड्काले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।