२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

बुटवल । नेपाल डेन्टल एसोसिएसन रुपन्देही शाखाले विश्व मुख स्वास्थ्य दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । ‘आ–आफ्नो मुखप्रति गर्व गरौँ’ भन्ने नाराका साथ आइतबार यो दिवस मनाइएको हो ।

Advertisement

दिवसका अवसरमा दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा जनचेतनामूलक र्याली, आश्रममा खाद्यन्न सहयोग, निःशुल्क दन्त परिक्षण र रक्तदान लगायतका कार्यक्रम सम्पन्न गरिएको नेपाल डेन्टल एसोसिएसन रुपन्देहीका उपाध्यक्ष डा। दिपेन्द्र पोखरेलले जानकारी दिए । आइतबार बिहान बुटवल स्थित लुम्बिनी प्रादेशीक अस्पतालबाट सुरु भएको मुख स्वास्थ्यसम्बन्धी बृहत् जनचेतनामूलक र्याली ट्राफीक चोकसम्म पुगेर प्रादेशीक अस्पतालमै फर्कीएको थियो । र्यालीमा डाक्टर, डेन्टल एसिस्टेन्ट, विद्यार्थीहरु समेत सहभागी भएका थिए ।

त्यस्तै दिवसका अवसरमा बुटवल–११ देविनगर स्थित नेपाल अपांग आश्रममा खाद्यन्न सहयोग गरेको छ । भने, आश्रममा आश्रित रहेका नागरिकहरुको निःशुल्क दन्त परिक्षण गरिएको थियो । उक्त आश्रममा आश्रित रहेका नागरिकहरु बिरामी हुँदा रुपन्देही शाखाले सम्बन्धीत रोगका बिशेषज्ञहरुबाट निःशुल्क उपचार गर्दै आएको उपाध्यक्ष डा.पोखरेलले बताए । त्यसैगरि दिवसका अवसरमा रक्त सञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ । नेपाल डेन्टल एसोसिएसन रुपन्देहीका अध्यक्ष डा.बिकास कुमार अग्रहरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

हरेक व्यक्तीले दाँत तथा मुखको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उनले बताए । बिहान र बेलुका नियमित दाँत माझ्दा मुख तथा दाँत सम्बन्धी धेरै रोगहरूलाई नियन्त्रण गर्ने सकिने डा.अग्रहरीको भनाई थियो । अधिकांश नेपालीहरूलाई बिहान बेलुका खाना खाएपछि दाँत माझ्नुपर्छ भन्ने ज्ञान नभएको र दाँत माझ्ने तरिका थाहा नभएको उनले बताए । बालबालिकाहरुलाई पनि मुख स्वास्थ्यबारे जानकारी गराउनुपर्नेमा डा। अग्रहरीले जोड दिए ।

‘शरीरका सम्पूर्ण अंगहरुलाई स्वस्थ र सुचारु राख्नका लागि पनि खानेकुरा र पौष्टिक तत्वहरु मुखबाटै खाने गरिन्छ । तर मुख नै स्वस्थ राख्न सकिएन भने शरीर पनि स्वस्थ रहन सक्दैन ।’ सहसचिव डा. सुनिल खरेलले भने । नियमित सुर्तीजन्य पदार्थको सेवन गर्दा दाँत तथा गिजामा दाग बस्ने र पछि मुखको क्यान्सर समेत हुनसक्छ । हरेक वर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवस मनाउने गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका