२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाअन्तर्गत सुकवेल खोलामा एक्साभेटर प्रयोग गरी नदीजन्य पदार्थ निकालिएको छ । नगरपालिकाले ढुङ्गा, गिट्टी, मिस्कट र बालुवाका लागि मिसिन प्रयोग नगर्ने गरी ठेक्का दिएको खोलामा सम्झौताविपरीत मेसिन प्रयोग भएको छ । महाराजगन्ज नगरपालिका-६ का रामदयाल पासी प्रोप्राइटर रहेको ओम शान्ति कन्स्ट्रक्सने नियमविपरीत माल निकाल्दा सरोकारवाला निकाय चुप लागेर बसेका छन् ।  

Advertisement

सो खोलामा सेटिङ मिलाएर एक्साभेटर प्रयोग गरिएको स्थानीयको आरोप छ । स्थानीयको सूचनाको आधारमा पत्रकारको सुकवेल नाकामा पुग्दा एक्साभेटर प्रयोग गरी टिपरमा मिस्कट लोड गरिएको प्रत्यक्ष देखिएको थियो । लु २ ख २५०८, लु २ ख ४३३६, रा १ ख १०४४ नम्बरको टिपरमा एक्साभेटर प्रयोग गरी मिस्कट लोड गर्दै गरेको भेटिएको थियो । सो खोला नगरपालिकाले ७७ लाख ७४ हजार चार सय रुपैयाँमा २२ पुस २०७८देखी  आउँदाे जेठ मसान्तसम्मका लागि ठेक्का दिएको थियो ।

नदीमा मेसिनरी प्रयोग गरिए पनि पालिका र जिल्ला समन्वय समितिले अनुगमनमा चासो नदिएको स्राेतको दाबी छ । वन क्षेत्र भित्रकै सो वनमा मेसिनरीको प्रयोग हुँदा ठेक्का लगाएको शिवराज नगरपालिका मात्र नभई सोही कार्यक्षेत्रको गौतम बुद्ध डिभिजन वन कार्यालयको भूमिकासमेत शंकास्पद बन्न पुगेको छ । 

वन क्षेत्रमा रहेको सुकवेल खोलामै जेसिबीसहितको मेसिनरी प्रयोग गरिएकोबारेमा आफूहरूलाई जानकारी नभएको डिभिजन वन कार्यालय गौतम बुद्धका सहायक वन अधिकृत एजाज आलमले बताउँछन् । आफूहरूले सो क्षेत्रमा विशेष निगरानी गर्ने प्रस्ट्याउँदै वन क्षेत्रमा हुने नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन र निकासी रोक्न सबै पक्ष लागी पर्नुपर्ने आलमको तर्क छ । 

यता ठेक्का लिएको कम्पनीका सञ्चालक रामदयाल पासीले मिसिन प्रयोग गरिएको स्वीकार गरेका छन् । उनले ठेक्काको कबुलियतनामाको ८ नम्बर बुँदामा मेसिनरी प्रयोग गर्न पाउने उल्लेख रहेको दाबी गरे । तर, शिवराज नगरपालिकाका इन्जिनियर रामजी थापा नेपालीले ठेक्का सम्झौतामा मेसिन प्रयोग गर्ने नमिल्ने उल्लेख भएको बताए । बुँदा नम्बर ८ को विषयका बारेमा थापाले खोलामा मेसिन प्रयोग गर्ने उल्लेख नरहेको र नगरपालिकाले समेत कुनै स्वीकृति नदिएको स्पष्ट पारे । 

प्रतिकृया दिनुहोस्

Flash News

५६ लाख सेयर लगानीकर्ताको सुरक्षा गर्न कुनै कसर बाँकी रहँदैनः अर्थमन्त्री डा. महत प्रधानमन्त्री प्रचण्ड केवलकार चढेर पुगे पाल्पाको बसन्तपुर डाँडा घट्यो सुनको मूल्य नेता ठेकेदारको बचाउ नगर्न देउवा र ओलीलाई पत्राचार यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर चौतारा संरक्षणमा राइनासका युवा दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनवाट सिइयोको राजिनामा मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान