ताजा अपडेट »

२३ राष्ट्रलाई पछि पार्दै नेपाली वैज्ञानिकले जिते स्वर्णसहित तीन पदक

सोमबार, ०४ कार्तिक २०७६, १६ : ४३
6 Shares

कार्तिक ४,
काठमाडौँ । रुसमा सम्पन्न आठौं एसिया प्यासिफिक योङ साइन्टिस्ट कन्फ्रेन्समा सहभागी नेपाली युवा वैज्ञानिकहरुले स्वर्णसहित तीन पदक जितेका छन्। २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली युवा वैज्ञानिकहरुले पदक जितेका हुन्। नेपालको तर्फबाट सहभागी विभिन्न कलेजका ९ विद्यार्थीमध्ये साउथवेस्र्टन स्टेट कलेज बसुन्धराका विद्यार्थी स्वराज सागर प्रधानले स्वर्ण पदक जितेका छन्। प्रधानले २३ मुलुकका प्रतिष्पर्धीलाई जित्दै स्वर्ण जितेका हुन्। प्रधानले युज अफ माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाईस्पीड ट्रान्समिसन एण्ड डाटा एनालाइसिस विषयमा आफ्नो प्रस्तुति दिएका थिए।

यस्तै अस्मिता स्कुलकी दिक्षा सञ्जेल र काठमाडौं मोडेल कलेजका ऋषिकुमार गुप्ताले काँस्य पदक जित्न सफल भएका छन्। रुसमा अक्टोबर १४ देखि १९ सम्म आठौं एशिया प्यासिफिक युवा वैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मलेन आयोजना भएको थियो। नेपाल पोलिमर इन्ष्टिच्यूट काठमाडौंको पहलमा उक्त सम्मेलनमा विभिन्न कलेजका ९ जना नेपाली विद्यार्थीले सहभागिता जनाएका थिए। गत महिना नेपाल पोलिमर इन्ष्टिच्यूटको आयोजनामा भएको राष्ट्रियस्तरको चौथों युवा वैज्ञानिक सम्मेलनमा विभिन्न विद्यामा उत्कृष्ट भएका विधार्थीलाई उक्त सम्मेलनमा पठाईएको थियो। सम्मेलनमा विश्वभरका २३ राष्ट्रका युवा वैज्ञानिकहरुले प्रतिस्पर्धा गरेका थिए। सम्मेलनबाट नेपाली वैज्ञानिकको टोली सोमबार स्वदेश फर्किएको छ। - नेपालन्युज

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।