९ जेष्ठ २०७९, सोमबार

May 23, 2022

काठमाडौं । आज नेपाली कांग्रेस संस्थापन पक्षले आज केन्द्रीय पदाधिकारीको उम्मेदवारको नाम सार्वजनिक गर्ने भएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकले सभापतिसहित १३ पदाधिकारीको नाम टुंगो लगाएर सार्वजनिक गर्ने भएको छ । 

Advertisement

आफ्नो समूहको बैठकमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका देउवा बुढानिलकण्ठ पुगिसकेका छन् । केही समयभित्रै बैठक सुरु हुने र पदाधिकारीको प्यानल नै सार्वजनिक गर्ने तयारीसमेत भएको कांग्रेसका एक नेताले जानकारी दिए । देउवाले पार्टीको आन्तरिक निर्वाचनमा आफ्नो पक्ष बलियो भएको भन्दै फेरि सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् ।

संस्थापन पक्षले १३ पदाधिकारीको अनौपचारिक सूचीसमेत बनाइसकेको छ । तर, त्यो सूची पदाधिकारीमा पार्न लबिइङका लागि हुनसक्ने अनुमान गरिएको छ । बालुवाटारको एउटा पक्षले त्यस्तो सूची अहिले सर्वेक्षणका लागि व्यापक रूपमा प्रचार गरिरहेको छ । जुन यस्तो छ –

सभापति : शेरबहादुर देउवा 
उपसभापति : पूर्णबहादुर खड्का 
उपसभापति : डा‍.प्रकाशशरण महत 
महामन्त्री : बालकृष्ण खाँण 
महामन्त्री : विश्वप्रकाश शर्मा 
सहमहामन्त्री : गोविन्द भट्टराई 
सहमहामन्त्री : भिष्मराज आङ्देम्वे
सहमहामन्त्री : मीन विश्वकर्मा 
सहमहामन्त्री : महालक्ष्मी उपाध्याय 
सहमहामन्त्री : फरमुल्लाह मन्सुर 
सहमहामन्त्री : रामजनम चौधरी 
सहमहामन्त्री : जीतेन्द्र देव 
सहमहामन्त्री : जीवनबहादुर शाही

प्रतिकृया दिनुहोस्

Flash News

मौसम : हावाहुरीसहित वर्षाको सम्भावना क्यानडामा भीषण आँधीः ९ लाख घर विद्युतविहीन दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा जजीरा एयरसँग चरा ठोक्कियो, उडान हुन सकेन स्थानीय सरकार र छाडा पशु चौपाया व्यवस्थापनको मुद्दा मोबाइल एपबाटै यसरी भगाउनुहोस्, आफ्नो वरपरका लामखुट्टे मणिमुकुन्द क्लबले मनायो पाँचौ राष्ट्रिय भलिबल दिवस, तिलोत्तमामा दिप प्रज्वलन चट्याङ लागेर एक जनाको मृत्यु, तीन गम्भीर घाइते बाघको आक्रमणबाट फूलकुमारीको मृत्यु पेट्रोलियम पदार्थमा १० रुपैयाँ, ग्यासमा २ सयले मूल्यवृद्धि तिलोत्तमामा कारले मोटरसाइकललाई ठक्कर दियो रेशम चौधरी जेलमा, रिहा माग्‍ने पार्टी बन्यो पहिलो बालेनको मत ४१ हजार कट्यो, सिंह स्थापितसँग मतान्तर बढाउँदै धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित तिलोत्तमामा खाँणले अग्रता बढाउँदै, चापागाईँ भन्दा ३५७ मतले अगाडि स्थानीय निर्वाचन: एक समीक्षा बाबुराम भट्टराईको गृह प्रदेशको स्थानीय तह नेतृत्वमा जसपा शून्य रुपन्देहीमा पालिका प्रमुख हार्दा उपप्रमुखमा भने एमालेको बर्चश्व सकसमा नेपाली अर्थतन्त्र धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै