ताजा अपडेट »

शाईन रेसुङ्गाद्वारा तिलोत्तमामा विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम

मंगलबार, २१ मंसिर २०७८, १६ : ३५
7 Shares

बुटवल । शाईन रेसुङगा डेभलप्मेन्ट बैंक शंकरनगर र ड्राईभरटोल शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यकम सम्पन्न भएको छ । बैंकिङ सम्बन्धी जानकारी विद्यार्थीलाई प्रदान गर्ने उद्देश्यर्ले वित्तिय साक्षरता दिइएको हो ।

तिलोत्तमा ड्राईभरटोल स्थित न्यू होराईजन कलेजमा अध्यनरत विद्यार्थीका लागि डिजिटल बैकिङ र फाईनान्सियल लिट्रेसी सम्बन्धी साक्षरता प्रदान गरिएको बैंकको शंकरनगर शाखा प्रबन्धक पवित्रा खनालले जानाकारी दिईन । साक्षरता कार्यक्रममा बैंकका केन्द्रीय कार्यालयका डिजिटल हेड नारायण न्यौपाने, सिआरओ यसोधन पाण्डे, कर्पोरेट क्रेडिट हेड किरण प्रसाद शर्मा नेपाल, एसएमई हेड दिपक अर्यालले डिजिटल बैंकिङ प्रणालीको आवश्यता र यसको प्रयोगबाट हुने फाईदाहरुका बारेमा जानाकारी दिएका थिए ।

१ सय ५० भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा शाईन रेसुङगा डेभलप्मेन्ट बैंक ड्राईभरटोलका शाखा प्रमुख लक्ष्मण पाण्डे, शंकरनगर शाखाका कर्जा प्रमुख किरण ज्ञवाली लगाएतले बोलेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।