५ माघ २०७८, बुधबार

Jan 19, 2022

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा सुरु हुँदैछ । वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन सकेपछि कांग्रेसको केन्द्रीय महाधिवेशन हुन लागेको हो ।

Advertisement

कांग्रेसले तल्लो तहदेखि नै सर्वसम्मत र निर्वाचनका माध्यमबाट कार्यसमिति चयन गर्दै आएको छ । यस आधारमा झन्डै आठ हजार कांग्रेसका नेता कार्यकर्ता पार्टीमा नयाँ आइसकेका छन् । मुलुक संघीयतामा गएपछि कांग्रेसले पनि पार्टीको संरचना सोहीअनुसार ढालेको छ । पहिलोपटक कांग्रेसले प्रदेश संरचनाको अधिवेशन पनि गरेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेश कार्यसमिति चयन भइसकेको छ । 

६१ वटा जिल्ला र ६ वटा प्रदेशमा नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेस केन्द्रीय महाधिवेशनमा जुटेको हो । कांग्रेसको केन्द्रीय कार्यसमिति एक सय ३४ सदस्यीय हुनेछ । कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनेछन् । कांग्रेस विधानमा प्रवक्ताबारे केही उल्लेख नभए पनि पदाधिकारीकै हैसियत दिइएको छ । कोषाध्यक्ष र प्रवक्ता दुवै पदाधिकारी हुनेछन् ।

कांग्रेसमा सभापति, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठ (खस-आर्य, जनजाति, महिला, मधेसी, मुस्लिम, थारु, दलित र पिछडिएको क्षेत्रबाट एक-एकजना) गरी १३ जना निर्वाचनमार्फत आउने छन् । कांग्रेसले समावेशी सिद्धान्त अख्तियार गरेको छ । केन्द्रीय सदस्य खुलातर्फ ३५ जना निर्वाचनबाट आउनेछन् । १३औं महाधिवेशनमा खुलातर्फ २५ जना निर्वाचनका माध्यमबाट आएका थिए । यसपटक १० जना थपिएको छ । 

यस्तै, सात प्रदेशबाट महिलासहित २१ जना, खुला महिलाबार्ट नौ, खस-आर्यबार्ट ६ महिलासहित १३, आदिवासी जनजातिबाट सात महिलासहित १५, मधेसीबाट चार महिलासहित नौ, दलितबाट चार महिलासहित नौ, थारुबाट दुई महिलासहित चार, मुस्लिमबाट एक महिलासहित तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगता भएकाबाट एक गरी एक सय ३४ जनाको निर्वाचन हुनेछ ।

केन्द्रीय सभापतिको हकमा १५ वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने र बाँकी पदाधिकारी-सदस्यको हकमा १० वर्ष क्रियाशील सदस्यता लिए पुग्नेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

संक्रमण मुक्त भएपछि मात्र काममा नवलपुर जेसीजको पदहस्तान्तरण,‘महिला सवल र सक्षम छन्’ पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र कवाड पसलको नाममा प्रतिवन्धित जडिबुटी कारोबार : प्रहरीको छापा, ठूलो परिमाणमा बरामद दर्शकले महोत्सवको स्टेज भत्काए, गाडीमा आगजनीपछि प्रहरीद्वारा अश्रु ग्याँस प्रहार ४२ तोला अवैध सुनसहित दुई जना पक्राउ ३ मितेरी गाउँपालिका बीच ४ वर्षको अनुभव साटा-साट प्रेस युनियन सुनसरीले सञ्चारकर्मीको ७ लाखको दुर्घटना बीमा गर्ने १० करोड मानिसमा कोभिडको दीर्धकालिन लक्षण सर्लाहीमा बस दुर्घटना, १७ जना घाइते गड्यौली मलको व्यवसायिक उत्पादनतर्फ सैनामैनाका कृषक समावेशी अर्थतन्त्र वाम पक्षधरहरु एक ठाउँमा होउ ! बुटवलकाे बुद्धनगर खानेपानी संस्थाद्वारा रक्तदान सैनामैनामा बुधवारदेखि एन्टिजेन परीक्षण, कुन वडामा कहिले ? जानकारीसहित प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र पुलिस भिड्ने प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन काठमाडौं उपत्यकामा माघ मसान्तसम्म आमसभा, जुलुसमा रोक, सरकार भन्छ- लकडाउन हुन्न एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण १८ माघसम्म सेवा संकुचन गर्ने सर्वाेच्च फुलकोर्टको निर्णय